बेल्जियमविरुद्ध जापान २ गोलले अग्रता, ४ मिनेटभित्र जापानको दुई गोल

बिश्व फुटबलको प्रिक्वाटरफाइनलमा बेल्जियमविरुद्ध जापानले दोब्बर अग्रता बनाएको छ । जापानले दोस्रो हाफमा गोल गर्दै बेल्जियमविरुद्ध २–० गोलको अग्रता बनाएको हो ।
जापानका लागि जेन्की हरागुचीले खेलको ४८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले सुन्दर गोल गरेका थिए । त्यसको ४ मिनेटपछि खेलको ५२औं मिनेटमा टाकासी इनुइले गोल गर्दै जापानलाई २–० गोलको अग्रता दिलाएका हुन् । जापानले उत्कृष्ट प्रदर्शन गर्दै ४ मिनेटभित्र अर्को गोल गर्न सफल भएको हो ।
पहिलो हाफमा भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । बेल्जियमले गोल गर्ने थुप्रै अवसर खेर फालेपछि पहिलो हाफसम्म गोल गर्ने अवसर गुमाएको थियो । सुरुवाती समयदेखि नै बेल्जियमले बल नियन्त्रणमा लिएको थियो ।