एसियाली टिम जापन र बेल्जियमको खेल सुरु
काठमडौँ । रसियामा जारी विश्वकप २०१८ को क्वाटरफाइनल प्रवेशका लागि रोस्तोभ अरेना रंगशालामा आजको दोस्रो खेल बेल्जियम र जापानबीच हुँदैछ ।
क्लिक गरी : जापन र बेल्जियमको लाइभ हेर्नुहोस्
पहिलो खेलमा भने ब्राजिलले मेक्सिकोलाई २–० गोलको अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । समुह चरणमा निकै चासोको विषय बनेको जापान एसियालाई प्रतिनिधित्व गर्दै जारी विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेको छ । फेयर प्लेको आधारमा अन्तिम १६ मा प्रवेश पाएको कारण आजको खेलमा जापान शत प्रतिशत जित निकाल्न चाहन्छ । उसका लागि केईसुके होण्डा, टिनोउ, कागावा, र ओसाको जस्ता खेलाडीको उपस्थितिले जितको आशा देखिएको छ । समुह चरणमा अपराजित रहेको बेल्जियम समुह विजेता बन्दै प्रिक्वाटरफाईनलमा प्रवेश गरेको थियो ।