हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

आज प्रिक्वाटरफाइनल: ब्राजिल र मेक्सिको भिड्दै,नेपालीको समर्थन ब्राजिल

रसिया विश्वकप अन्तर्गत आज प्रिक्वाटरफाइनलका दुई खेल हुँदैछन्। बेलुकी ७:४५ बजे हुने खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले मेक्सिकोसँग खेल्नेछ।

यसअघि ४ वटा प्रिक्वाटरफाइनल खेल भइसक्दा दुई विश्वविजेता आउट भइसकेका छन्। साविक विजेता जर्मनी समूह चरणबाटै बाहिरिएको थियो। त्यसैले पनि ब्राजिलले अब उपाधिको मुख्य दाबेदारको रुपमा हेरिएको छ। तर नेमार, गाब्रीएल जेसस, फिलिप काउटिन्हो रहेको टोलीलाई उत्तिकै दबाब पनि छ मेक्सिको विरुद्ध जित हात पार्न। मेक्सिको त्यही टोली हो जसले पहिलो खेलमै विश्वविजेता जर्मनीलाई १-० स्तब्ध पारेको थियो। अन्त्यमा त्यही हार जर्मनीलाई समूह चरणबाट घर पर्कन कारण बन्यो।

चार वर्षअघि यी दुई टोली समूह चरणमा भिडेका थिए नतिजा गोलरहित बराबरी भएको थियो। ब्राजिल समूह ई को विजेता तथा मेक्सिको समूह एफ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो।

स्वीट्जरल्याण्डसँग बराबरी खेल्दै प्रतियोगिता सुरु गरेको ब्राजिलले कोस्टारिकालाई इन्जुरी समयमा हराउँदा सर्बियामाथि सहज जित निकालेको थियो।

उता मेक्सिकोले जर्मनी र कोरियालाई पराजित गरेपनि अन्तिम खेलमा स्वीडेनसँग हारेपछि समूह उपविजेता बनेको हो।

ब्राजिलमा जस्तै मेक्सिकोको अग्रपंती पनि राम्रो छ यसपटक। अनुभवी खेलाडी कार्लोस भेला र ज्याभिएर हर्नान्डेजसँगै युवा स्टार हिर्भिङ लोजनोको अग्रपंती मेक्सिकोका लागि बलियो पक्ष हुन सक्छ।

यो खेल विशेषत काउटिन्हो भर्सेस लोजनो हुनेछ। दुवै मिडफिल्डबाट बल अगाडी बढाएर गोल गर्नमा माहिर छन्। दुवैको प्रहार सटिक छ।

सर्बिया विरुद्धको खेलमा घाइते भएका मार्सेलोको अभाव ब्राजिललाई हुनेछ। उनको स्थानमा फिलिपे लुइस खेल्नेछन्। यस्तै ड्यानिलो पनि मेक्सिको विरुद्धको खेलमा फर्कने सम्भावना छ।

उता लगातार दुई खेलमा पहेँलो कार्ड खाएका मेक्सिकोका डिफेण्डर हेक्टर मोरोनो ब्राजिल विरुद्ध खेल्नेछैनन्। उनको स्थानमा ह्युगो आयला खेल्नेछन्।

ब्राजिल र मेक्सिको फुटबलमा पुराना प्रतिद्वन्दी हुन्। विश्वकपमा भने यी दुई टोली अहिलेसम्म ४ पटक भिडेका छन्। जसमा ब्राजिलले ३ खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ। ब्राजिलले ४ खेलमा कुनै गोल खाएको छैन। सन् २०१४ मा ब्राजिलमै भएको विश्वकपमा गोलरहित बराबरी भएको थियो। त्यसपछि २०१५ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिल २-० ले विजयी भएको थियो।

उत्तर तथा मध्य अमेरिकी राष्ट्र विरुद्ध विश्वकपमा ब्राजिलको रेकर्ड राम्रो छ। ब्राजिलले त्यहाँ प्रतिद्वन्दीसँग विश्वकपमा हार बेहोरेको छैन।

पछिल्लो ६ हार ब्राजिलले युरोपियन टिमसँग भोगेको थियो। ब्राजिललाई पछिल्लो पटक हराउने ‘नन युरोपियन’ टिम अर्जेन्टिना हो र सन् १९९० को अन्तिम १६ मा अर्जेन्टिनाले ब्राजिललाई हराएको थियो।

उता मेक्सिकोले अहिलेसम्म दक्षिण अमेरिकी टिम विरुद्ध एक मात्र जित हात पारेको छ। सन् २००२ को समूह चरणमा इक्वेडरलाई पराजित गरेको थियो। यदी ब्राजिलसँग पराजित भए मेक्सिको लगातार सातौँ पटक विश्वकपको अन्तिम १६ बाट बाहिरिनेछ। मेक्सिको पछिल्लो पटक सन् १९८६ मा आफैले आयोजना गरेको विश्वकपमा क्वाटरफाइनलमा पुगेको थियो जहाँ तात्तकालिन पश्चिम जर्मनीसँग पराजित भएको थियो।

मेक्सिकोको विश्वकपमा यो ५७ खेल हुनेछ। विश्वकप नजित्ने मध्ये यो सबैभन्दा धेरै खेल खेल्ने टिम हो। पहिलो पोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution