हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

क्रोएसिया र डेनमार्कको खेल सुरु (Clear LIVE)

काठमाडौं, १७ असार – आइतवार हुने राउन्ड अफ १६ को दोस्रो खेलमा क्रोएसियाले डेनमार्कको सामना गर्दैछ । खेल सुरु भएको छ |

क्रोएसिया VS डेनमार्क LIVE

क्रोएसियाले अर्जेन्टिना, नाइजेरिया र आइसल्यान्डलाई हराएर आफ्नो समूहमा शीर्ष स्थान बनाएको थियो । उता डेनमार्क भने आफ्नो समूहमा पेरुलाई हराउन सफल भएको थियो भने समूहविजेता फ्रान्स र अस्ट्रेलियासँग बराबरीमा रहँदै दोस्रो भएको थियो ।

क्रोएसियाका कप्तान लुका मोड्रिचले उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन् । अर्जेन्टिनाविरुद्ध उनले गरेको गोल प्रतियोगिताकै उत्कृष्ट गोलमध्ये पर्छ ।

उता डेनमार्कका क्रिस्चियन एरिकसेनले अस्ट्रेलियाविरुद्ध गोल गरेर आफ्नो टोलीलाई नकआउट चरणमा पुग्न योगदान गरेका थिए ।

यी मिडफील्डरले मैदानमा सिर्जनात्मकता देखाउँछन् र प्रतिभाशाली तथा मेहनती क्रोएसियाविरुद्ध उनीबाट धेरै अपेक्षा गरिएको छ ।

समूह चरणमा गरेको उत्कृष्ट प्रदर्शनका कारण हालै जारी गरिएको पावर –यांकिङमा क्रोएसिया पहिलो नम्बरमा रहेको छ । तर क्रोएसियाका प्रशिक्षक ज्लात्को दालिचले विगतले कुनै अर्थ नराख्ने र डेनमार्कका रूपमा नयाँ चुनौती तेर्सिएको बताएका छन् ।

डेनमार्कका प्रशिक्षक एगे हरेइडेले प्रभावशाली क्रोएसियालाई रोक्नु आफूहरूका लागि मुश्किल काम भएको स्वीकार गरेका छन् ।

क्रोएसियाले समूह चरणको अन्तिम खेलमा आइसल्यान्डविरुद्ध प्रमुख खेलाडीहरूलाई विश्राम दिएको थियो र उनीहरूलाई डेनमार्कविरुद्धको खेलमा फेरि बोलाइने निश्चित छ ।

उता पेरुविरुद्धको पहिलो खेलमा घाइते भएका डेनमार्कका मिडफील्डर विलियम क्विस्ट क्रोएसियाविरुद्धको खेलमा फर्किन सक्छन् ।

क्रोएसियाको सम्भावित लाइनअप यस्तो छ :
सुबासिच, भ्रसाल्को, लभ्रेन, भिडा, स्ट्रिनिच, राकिटिच, ब्रोजोभिच, मोड्रिच, पेरिसिच, मान्डजुकिच, रेबिच

डेनमार्कको सम्भावित लाइनअप :
स्माइकल, डाल्स्गार्ड, काएर, क्रिस्टेनसेन, लार्सेन, शोन, डेलाने, पूल्सेन, एरिकसेन, सिस्टो, योर्गेनसेन

डेनमार्क र क्रोएसिया अहिलेसम्म पाँचचोटि भिडिसकेका छन् । दुवैले दुई दुई खेल जितेका छन् भने एउटा खेल बराबरीमा टुंगिएको छ ।

यो खेल जित्ने टोलीले क्वार्टरफाइनलमा स्पेन वा रुसको सामना गर्नेछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution