हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

इङ्ल्यान्डलाई हराउँदै बेल्जियम बन्यो समूह विजेता,ट्यूनिशियाको सान्त्वना जीत

समूह ‘जी’को बिहिबार राती सम्पन्न भएको समूह चरणको अन्तिम खेलमा इङ्ग्ल्यान्डलाई एक गोलले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको छ। बेल्जियमले दोश्रो हाफमा गोल गर्दै अग्रता लिएको थियो। बेल्जियमका लागि जानुजाजले ५१ औं मिनेटमा विजयी गोल गरेका थिए।

यस खेल नतिजाले इङ्ल्यान्डलाई अन्तर्राष्ट्रिय फुटबलमा आजसम्म हराउन नसकेको इतिहासलाई उसले यस विश्वकपबाट बिराम लगाइदिएको छ।। यी दुई टोली हालसम्म पाँचपटक आमनेसाने भएकोमा बेल्जियम तीन खेलमा पराजीत हुँदा दुई खेलमा बराबरीमा गरेको छ।

त्यस्तै अन्तिम खेल बेल्जियमलाई सुम्पिएको इङ्ल्यान्ड उपविजेता भएको छ। लगातार दुई खेल जीतेका यी दुबै टोलीले एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरिसकेका छन्।

नकआउट चरणमा बेल्जियमले समूह ‘एच’को उपबिजेता जापानसँग क्वाटरफाइनल प्रवेशका लागि प्रतिष्पर्दा गर्ने छ भने इङलयान्डले कोलम्बियासँग खेल्नेछ।

यसै समयमा आफ्नो समूह चरणको दुबै खेल हारेर घर फर्किने पानामा र ट्यूनिशियाले समूह चरणको आफ्नो अन्तिम खेलमा ट्यूनिशियाले पानामाथि २-१ गोलको सान्त्वना जीत हासिल गर्यो। खेलमा पहिलो अग्रता ३३ औं मिनेटमा पानामा लिएको थियो। सो गोल ट्यूनिशयाका मेरियाले आफ्नै पोस्टामा छिराएर पानामालाई एक गोलको अग्रता दिएका थिए भने ट्यूनिशियाको लागि बराबारी गोल बेन यूसुफले खेलको ५१ औं मिनेटमा गरेका थिए भने दोश्रो गोल कजारीले ६६ औं मिनेटमा गरेका थिए।

समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई इङ्ल्यान्डले २-१ गोलले हराउँदा पनामाविरुद्धको दोश्रो खेलमा उसले ६-१ को विजय हासिल गरेको थियो।

सो गोलका कारण इङ्ल्यान्डले विश्वकपमा एकै खेलमा सबैभन्दा बढी गोल र सबैभन्दा फराकिलो गोल अन्तरले विजयी भएको राष्ट्रिय कीर्तिमान तोडेको हो। कप्तान हेरी केनले पनामाविरुद्ध ह्याट्रिक गरेका थिए। उनी विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो इङ्लिस खेलाडी हुन् । विश्वकपमा अन्तिमपटक सन् १९८६ मा इङ्ल्यान्डका खेलाडीले ह्याट्रिक गरेका थिए।

जारी विश्वकपमा केन सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा शीर्षस्थानमा छन्। पहिलो खेलमा दुवै गोल गरेका केन पाँच गोलसहित शीर्षस्थानमा छन्। दोस्रो स्थानमा रहेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र बेल्जियमका कप्तान रोमेलु लुकाकुले समान चार गोल गरेका छन्। इङ्ल्यान्डले पछिल्ला १२ खेलमा हार ब्यहोरेको छैन। उसले अन्तिमपटक एक वर्षअघि फ्रान्ससँग ३-२ गोलको हार खाएको थियो।

यसैगरी बेल्जियमले पहिलो खेलमा पनामालाई ३-० र दोस्रो खेलमा ट्युनिसियालाई ५-२ गोलले पराजित गर्यो। बेल्जियम करिब दुई वर्षयता अपराजित छ। उसले पछिल्ला २१ खेलमा हार ब्यहोरेको छैन। अन्तिमपटक सन् २०१७ को सेप्टेम्बरमा ऊ स्पेनसँग २-० ले पराजित भएको थियो । एजेन्सी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution