हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

समूह ‘ई’ बाट अन्तिम १६ मा ब्राजिल र स्विट्जरल्यान

काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा ब्राजिल समूह विजेता बन्दै अन्तिम १६ प्रवेश गरेको छ। बिहीबार विहान सम्पन्न खेलमा ब्राजिलले सर्वियालाई २-० गोलले पराजित गर्दै समूह ‘ई’ को विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको हो।

समूह चरणको अन्तिम खेलमा ब्राजिलका लागि पाउलिन्होले ३६ मिनेटमा गोल गरेर अग्रता दिलाए। उनले काउटिन्होले उपलब्ध गराएको पासमा सर्वियाका गोलकिपरलाई छक्काउदै गोल गरेका थिए। ब्राजिलका लागि दोस्रो गोल डिफेन्डर थियागो सिल्भाले गरे। उनले ६८ मिनेटमा नेइमारले प्रहार गरेको कर्नर बलमा गोल गरे।

जितपछि ब्राजिलले ३ खेलबाट ७ अंक जोड्यो। पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा कोस्टारिकालाई २-० गोल नै पराजित गरेको थियो। अब ब्राजिलले अन्तिम १६ मा समूह एफको उपविजेता मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ।

यता अर्को खेलमा कोस्टारिकासँग २-२ गोलको बराबरी खेलेको स्विट्जरल्यान्ड समूह ‘ई’ उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गर्‍यो। स्विट्जरल्यान्डका लागि ३१ मिनेटमा जेमाली गोल गरेका थिए। तर कोस्टारिकाका लागि केन्डल वाड्सनले ५६ मिनेटमा बराबरी गोल फर्काउन सफल भए।

स्विट्जरल्यान्डका लागि ड्रामिकले ८८ मिनेटमा दोस्रो पटक टिमलाई अग्रता दिलाएपनि कोस्टारिकाका लागि सोमारले पेनाल्टीमा गोल गरेका थिए।

स्विट्जरल्यान्डले २ बराबरी र १ जित निकाल्दै ५ अंक जोडेर उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनायो। अब स्विट्जरल्यान्डले स्विडेनसँग खेल्नेछ। ३ अंक जोडेको  सर्विया र १ अंक जोडेको कोस्टारिका भने बाहिरिए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution