हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

तमु समाज युएईका भु.पु.संरक्षक र सल्लाहकारलाई बिदाई तथा सम्मान

मान सिङ तमु , दुबई – तमु समाज युएईका अध्यक्ष श्रीमती तमुस्योको सभापतित्वमा प्रमुख अथिती भुपु संरक्षक  यम प्रसाद तमु, बिशेष अथिती तमु समाज युएईका संरक्षक राजु तमु ,प्रमुख सल्लाहकार श्री डेरराज तमु ,भुपु सल्लाहकार श्रीमती रुपा तमुस्यो ,तमु समाज युएईका जेष्ठ अभिभावक श्रीमती तमुस्यो ,तमु समाज युएईका केन्द्रिय कार्यसमितिका पदाधिकारीहरु,क्षेत्रीय कार्यसमिति पदाधिकारीहरु,तमु बुद्धिजीवी,तमु जन,शुभेच्छुक तथा शुभचिन्तकको उपस्थितिमा तमु समाज युएईका भु पु संरक्षक यम प्रसाद तमु, भुपु सल्लाहकार रुपा तमुस्यो र तमु समाज युएईका जेष्ठ अभिभावक गंगामती तमुस्यो कर्मभुमी युएईलाई सधैंको लागि बिट मार्दै स-परिवार अ्मेरिका प्रस्थान गर्ने भएको वहाँहरुलाई   तमु समाज युएईले २०१८ जुन २२ तारिख सिल्भार स्पोन रेस्टुरेन्ट वर दुबईमा भव्यताको साथ बिधाइ कार्यक्रम सम्पन्न गरेको छ |


युएईको २२ बर्ष लामो बसाईको दौडनमा वहाँले तमु समाज युएईको स्थापनाकाल सन् १९९७ साल देखि नै तमु समाज युएईको विभिन्न पदमा रहि अन्तिम दिन सम्म युएईमा रहनु भएका सम्पुर्ण तमुहरु लाई एकजुट गराउनु भइ तमु समाज युएई लाई अगाडी बढाउदै लैजानु भएको थियो । वहाँ तमु समाज युएईको संस्थापक कोषाध्यक्ष हुदै उपाध्यक्ष, अध्यक्षको कार्यबहल समालेर नेतृत्व गर्नु भएको थियो।स्थापनाकाल देखि नै निरन्तर दिंदै वहाँले सल्लाहकार र संरक्षकको भुमिका निभाउदै २१ बर्ष निरन्तर लामो समय सम्म तमु समाज युएईलाई अगाडी बढाउदै लैजान योगदान दिनु भएको थियो। वहाँ आदिवासी जनजाति महासंघ युएईका संस्थापक अध्यक्ष पनि हुनु हुन्छ।युएईको पहिलो नेपाली संस्था नेपाली समाज युएईको अध्यक्षको नेतृत्व पनि वहाँले समाल्नु भएको थियो।वहाँको स्थायी घर प्रदेश नं.४ को राजधानी पोखरा लेखनाथ महानगरपालिका वडा नं.९ न्युरोडमा रहेको छ।

कार्यक्रमको शुरूवातमा भु.पु.संरक्षक  यम प्रसाद तमु,भु.पु. रुपा तमुस्यो र ज्येष्ठ अभिभावक गंगमती तमुस्योलाई अध्यक्ष  उषा तमु, संरक्षक श्री राजु तमु,प्रमुख सल्लाहकार श्री डेर राज तमु र महिला बिभाग प्रमुख श्रीमती उर्मिला तमुस्योले दोसल्ला र खादा ओढाएर बिदाइ र कार्यक्रमका सभापति समाजका अध्यक्ष  उषा तमुले सम्मान-पत्र तथा मायाको चिनो प्रदान गर्नु भएको थियो।

कार्यक्रममा तमु समाज युएईका संरक्षक राजु तमु ,प्रमुख सल्लाहकार डेरराज तमु, भुपु संरक्षक यम प्रसाद तमु भु.पु.सल्लाहकार रुपा तमुस्योले आ-आफ्नो मन्तव्य दिनु भएको थियो। मन्तव्य सम्पन्न पश्चात् नव बिबाह बन्धनमा बांधिनु भएका समाजका वरिष्ठ उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख  मुनिन्द्र तमु र महिला विभाग उप-प्रमुख  रमिला तमुस्योलाई भु.पु.संरक्षक यम प्रसाद तमु र भु.पु.सल्लाहकार रुपा तमुस्योले खादा ओढाइ सम्मान गरिएको थियोे । कार्यक्रमको समापन कार्यक्रमका सभापति समाजका अध्यक्ष उषा तमुस्योले गर्नु भएको थियो। कार्यक्रम सम्पन्न भइसकेपछि अन्तिममा रात्रीभोजको आयोजना गरिएको थियो।

बिधाइ कार्यक्रमको सभापतित्व तमु समाज युएईका अध्यक्ष श्रीमती उषा तमुस्योले गर्नुभएको थियो भने कार्यक्रम संचालन तमु समाज युएईका महासचिव श्रीमति पबित्रा तमुस्योले गर्नु भएको थियो।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution