हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

नाइजेरिया र अर्जेन्टिना बीच निर्णायक भिडन्त

काठमाडौं–  २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘डी’ को निर्णायक भिडन्तमा आज मध्यरातमा २ खेल हुँदैछ। अर्जेन्टिना र नाइजेरियाबीच प्रतिस्पर्धा हुने समयमै क्रोएसिया र आइसल्यान्ड भिड्दैछन्।

लगातार दुई जित निकाल्दै क्रोएसिया नकआउट चरणमा पुगिसकेको छ। अब नाइजेरिया, आइसल्यान्ड र अर्जेन्टिना मध्ये १ टिम अन्तिम १६ मा पुग्नेछ। ३ अंक जोडेको नाइजेरिया सहज अवस्थामा छ भने १–१ अंक जोडेका अर्जेन्टिना र आइसल्यान्डलाई कठिन छ। तीन वटै टिमलाई अन्तिम १६ मा पुग्न अर्को टिमको नतिजासँग निर्भर हुनु पर्नेछ।

कसलाई कस्तो समिकरण चाहिन्छ ?

क्रोएसिया नकआउट चरणमा पुगिसकेको छ। समूह विजेता बन्न उसलाई आइसल्यान्डसँग बराबरी खेले पुग्छ।

अर्जेन्टिनालाई हराए नाइजेरिया अन्तिम १६ मा पुग्नेछ। क्रोएसिया र आइसल्यान्ड बराबरी भएको अवस्थामा नाइजेरियालाई बराबरी पनि काफी हुनेछ।

अर्जेन्टिना र नाइजेरिया बराबरीमा भएमा आइसल्यान्डको सम्भावना हुनेछ। यो समिकरणका लागि आइसल्यान्डले क्रोएसियालाई २ गोलको अन्तरमा पराजित गर्नु पर्नेछ।

अर्जेन्टिनालाई अन्तिम १६ मा पुग्न जितको विकल्प छैन। आइसल्यान्ड हारेको अवस्थामा अर्जेन्टिनालाई जित काफी हुनेछ। आइसल्यान्डले जितेको अवस्थामा अर्जेन्टिनाले नाइजेरियालाई २ गोल भन्दा बढी अन्तरले पराजित गर्नु पर्ने अवस्था छ।

सवैको ध्यान अर्जेन्टिना र नाइजेरियाबीचको खेलमा

दुई पटकको विश्वविजेता अर्जेन्टिनाले सुरुवाती २ खेलमा जित निकाल्न सकेन। विश्वका उत्कृष्ट खेलाडी लिओनल मेसी चल्न नसक्दा विश्वभर रहेका अर्जेन्टिनाका समर्थक निरास छन्। समूह चरणको अन्तिम खेलमा नाइजेरियासँग भिड्दा अर्जेन्टिनाको झिनो आसा भने बाँकी छ।

अघिल्लो खेलमा आइसल्यान्डलाई २–० ले पराजित गरेको नाइजेरिया लयमा फर्किएको छ। त्यसलै उसले अर्जेन्टिनालाई कडा टक्कर दिने विश्वास गरिएको छ। अर्जेन्टिना र नाइजेरिया नयाँ प्रतिद्वन्द्वी होइनन्। दुई टिम विश्वकपमा पाँचौ पटक भिड्न लागेका हुन्। यसअघिका चार भिडन्तमा अर्जेन्टिना विजयी हुँदै आएको छ|

सुरुवाती २ खेलमा राम्रो खेल्न नसकेपछि नाइजेरिया विरुद्धको खेलमा अर्जेन्टिनाको टिममा केहि परिवर्तन हुन सक्नेछ। नाइजेरियाले आइसल्यान्ड विरुद्ध २ गोल गरेका अहमेद मुसासहितको टिमबाट ठूलो अपेक्षा गरेको छ। युवा खेलाडीबाट आसा गरेको नाइजेरिया आत्मविश्वासी पनि देखिएको छ। जितका लागि प्रशिक्षक जेर्नोट रोहले अर्जेन्टिना बिरुद्ध ४–२–३–१ वा ३–५–२ मध्ये कुन फर्मेसनमा खेलाउछन् त्यो हेर्न भने बाँकी छ।

अर्जेन्टिनाका लागि सवैभन्दा ठूलो चुनौती ‘मोमेन्टम’ बनाउन सक्नु हुनेछ। अर्जेन्टिनाले टिममा परिवर्तन गर्दै खेल्ने शैली परिवर्तन गर्न जरुरी देखिएको छ।

सम्भावित टिम

अर्जेन्टिना

फ्रान्को अर्मानी, इडुएर्डो साल्भियो, गाब्रियल मेर्काडो, निकोलास ओटामेन्डी, निकोलास टाग्लिएफिको, इभर बनेगा, जाभियर मास्चिरानो, इन्जो पेरेज, एन्जेल डि मारिया, लिओनल मेसी, गोन्जलो हिग्युइन

नाइजेरिया

फ्रान्सिस उजोहो,  केनेथ ओमेर्ओ, विलियम इकोङ, लियन बालोगन, ट्रारोन इबुइही, विल्फ्रेड एनडिडी, जोन ओबी मिकेल, ओघेननेकारो इटेबो, भिक्टर मोसेस, केलेची इहेनएनाचो, अहमेद मुसा






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution