हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

प्रेमीसँग मिली भिरबाट खसालेर श्रीमानको हत्या !

कैलाली । कैलालीमा प्रेमीसँग मिलेर एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ कि घर भएकी लक्ष्मी बडेलाले प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेकी हुन् ।

कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी लक्ष्मी बडेलाले तेजबहादुरसँग गत वैशाखमा मागी विवाह गरेका थिए । विवाह गरेको दुई महिन नवित्दै लक्ष्मीले यहि असार आठ गते गोदावरी–१२, खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमानको हत्या गरेकी हुन् ।

तेजबहादुरलाई लक्ष्मी र प्रेमी दीपकले भासु भिरबाट खसालेर मारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक घिमिरेले बताए ।यही असार ८ गते श्रमान श्रीमतीसँगै ससुराली गएका थिए । ससुराली गएपछि तेजबहादुर वेपत्ता भए । सुरुमा आफन्तले खोजी गरेपनि फेला नपरेपछि दुई दिनपछि अर्थात असार १० गते प्रहरीलाई खबर गरे । खबरपछि प्रहरीले खोज तलासी गर्दा तेजबहादुर ‘भासु भिर’ तल खसेर मारेको अवस्थामा भेटिएको हो ।

असार आठ गते राति तेज बहादुरलाई घुम्न जाने बहानामा भिमदत्त राजमार्गको चुरे क्षेत्रमा पर्ने भासु भिरमा पुर्याएर रडले टाउकोमा हानेर उनलाई भिरबाट खसालेको जिल्ला प्रहरी कार्यलय कैलालीले बताएको छ । तेजबहादुरलाई भिरबाट खसाएपछि उनी सवार म १ प ७४७७ को मोटरसाइकलसहित तल खसालेर फर्किएको प्रहरीले जानकारी दिए ।

पहिलादेखि नै प्रेम सम्बन्धमा रहेका लक्ष्मीले तेजबहादुरसँग विवाह गर्न नमान्दा नमान्दैँ घर परिवारले जर्वजस्ति विवाह गराएका थिए । प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक घिमिरेका अनुसार दीपक र लक्ष्मीले पहिलादेखि नै प्रेम सम्बन्धमा थिए । लक्ष्मीले र दीपकले पहिले नै एक अर्काको हुने कसमा खाएका थिए । तर उनीहरुको प्रेम सम्बन्धलाई घर परिवारले स्वकारेनन् । अनन्त लक्ष्मीको विवाह कञ्चनपुरका तेजबहादुर विष्टसँग विवाह गरिदिएका थिए ।

हत्यामा संलग्न दुवै जनामाथि थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिएको न्युज२४ नेपालमा छ |

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution