तमु समाज युएईको दुबई क्षेत्रीय समिति गठन

युएईमा रहेका तमुहरुको सुख दुखमा साथ दिन र आफ्नो समुदायको भाषा, धर्म, संस्कृति, परम्परा, भेषभुषाको संरक्षण, सम्वर्धन र विकासमा प्रवासबाट पनि योगदान दिने उदेश्यले सन् १९९७ मा स्थापित युएई कै दोश्रो पुरानो संस्था तमु समाज युएईले दुबई क्षेत्रीय समिति गठन गरेको छ।२२ जुन २०१८ का दिन फिस्टेल ट्राभलको हल वर दुबई मा सम्पन्न ११ औं महाधिवेशन पश्चात् अध्यक्ष श्रीमती तमुस्योको अध्यक्षतामा बसेको पहिलो बैठकले २०१८ – २०२० को कार्यकालको लागि क्षेत्रीय समिति गठन गरेको छ।
उक्त क्षेत्रीय समिती गठन गर्न तमु सम्माज युएइका संरक्षक राजु तमुको संयोजकत्वमा प्रमुख सल्लाहकार डेर राज तमु र सचिव इन्द्र तमु सदस्य सहितको एक निर्वाचन समिति गठन गरिएको थियो l निर्वाचन समितिले राजु तमुको अध्यक्षमा निम्न पदाधिकारीहरु सहितको २४ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ।
जसअनुसार अध्यक्ष : राजु तमु उपाध्यक्ष : बिजय तमु उपाध्यक्ष : इना तमुस्यो,सचिव : अशिका तमुस्यो सह-सचीव : रमेश तमु,कोषाध्यक्ष : ललिता तमुस्यो ,सहकोषाध्यक्ष : अनिता तमुस्यो सदस्य : टीका माया तमुस्यो सदस्य : राजु तमु सदस्य : नितु तमुस्यो सदस्य : शान्ति तमुस्यो सदस्य : शान्ता तमुस्यो सदस्य : लक्ष्मी तमुस्यो सदस्य : शोभा तमुस्यो सदस्य : मेख तमु सदस्य : राम तमु सदस्य : यम तमु सदस्य : संगिता तमुस्यो सदस्य : उषा तमुस्यो सदस्य : ज्योति तमुस्यो सदस्य : उरुषा तमुस्यो सदस्य : सनम तमु सदस्य : मिलन तमु सदस्य : सुजन तमु चयन हुनु भएको सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु लाई तमु समाज युएईका संरक्षक राजु तमुले सपथ खुवाएका समाजका प्रवक्ता मान सिङ तमु (मानु कोन्मे) ले तामाङ अन लाइनलाई जानकारी दिनु भएको छ |