नेपाल तामाङ घेदुङ,इजरायलद्वारा शैक्षिक अक्षय् कोष बृद्धिको लागि भ्रमण कार्यक्रमको आयोजना

तेलअविव – नेपाल तामाङ घेदुङ,इजरायलद्वारा चौथो ऐतिहासिक शैक्षिक तथा मनोरंजन्तम्क भ्रमण यहि आउदो १४ जुलाई २०१८ (शनिबार)भव्यताको साथ आयोजना गर्ने भएको छ |
घेदुङ इजरायलले बिगत लामो समय देखि नेपालको दुर्गम,बिकट,अनकन्टार ठाउ जहाँ शैक्षिक विकास र बिस्तारको निम्ति बिद्यालयहरुलाई मर्मत सम्भार गर्न ,अपांग तथा जेहन्दार विद्यार्थीहरुको निम्ति शैक्षिक शुल्क तथा आवश्यक पर्ने शैक्षिक भौतिक सामग्रीहरु, कम्पुटर ,किताब -कलम ,कपी, खेल-कुद सामग्री उपलब्ध गराई सहयोग गर्दै आएकोछ|
घेदुङ इजरायलले अझ सशक्त ढंगले शिक्षाको क्षेत्रमा परिवर्तनशिल ठोस कार्य गर्ने मूल उदेश्य बोकेर नेपाल तामाङ घेदुङ केन्द्रको बहुउदेशीय सहकारी संस्थामा ” तामाङ शैक्षिक अक्षय् कोष ” स्थापना गरि सकेको छ | त्यसर्थ यस अक्षय् कोषमा आर्थिक अभिबृधिको निम्ति प्रत्येक बर्ष झैँ यस बर्ष पनि ऐतिहासिक शैक्षिक भ्रमणको आयोजना गरेको हुदा इजरायलबासि सम्पूर्ण भ्रमण प्रेमी दाज्यु भाइ ,दिदि -बहिनीहरुलाइ यस भ्रमणमा सहभागिता भइ भ्रमणको मूल उदेश्यलाई सफल बनाई दिनुहुन नेपाल तामाङ घेदुङ इजरायल द्वारा हार्दिक निमन्त्रणा गरेको छ |
रमणीय भ्रमण स्थलको बिबरण
१) आको स्पीड बोट
गर्मीयामको मौसममा चिसो हावाको गति र समुन्द्रको चिसो पानीमा रम्दै झुम्दै आकोको बिशाल समुन्द्रमा दुर्त रफ्तारको साथ स्पिड बोटको मज्जा र रमाइलो लिन सकिन्छ |
२) हाइफा केबुल कार
हाइफाको सबै भन्दा उच्च ठाउमा पुगेर सारा हाइफा शहरको सुन्दरतालाइ एकै पटक अवलोकन गर्न सकिन्छ |
३) चर्ज गुफा-स्टेला मरेसिस
पौराणिक ऐतिहासिक विशेषता बोकेको भ्रमण स्थल जहाँ लाखौ भक्तजन तथा भ्रमण यात्री देश- विदेशबाट दर्शन र अवलोकन गर्न आउछ|
बिस्तृत जानकारीको निम्ति सम्पर्क नम्बर –
अनिता तामाङ-0543021574
कल्पना मोक्तान तामाङ- 0522169373
माया तामाङ( दीप्मा )-0544364522
सिता घिसिंग तामाङ 0546190768
एलिजा दोंग तामाङ0549447475
शरीन ख्युङबा तामाङ- 0584818164
रोजी मोक्तान तामाङ- 0543905468
दीपा तामाङ-0546797671
गीता घिसिंग तामाङ-0546804310
मिति – १४ जुलाई २०१८ शनिबार
समय – भेला हुने -५.३० बजे बिहान ( लेवेन्सकी चिल्ड्रेन पार्क तेलाभिब )
प्रस्थान -ठिक ६ बजे बिहान
फर्किने – तेलाबिभ ठिक ५ बजे साँझ
नेपाल तामाङ घेदुङ,इजरायल