प्रदेश ३ लाई नेवाः ताम्सालिङ राज्य नामाकरण गर्न माग गर्दै प्रर्दशन
काठमाडौं । प्रदेश ३ लाई नेवाः ताम्सालिङ राज्य नामाकरण गर्न माग गर्दै काठमाडौंमा दवाव दिन सुरु गरिएको छ ।
नेवाः ताम्सालिङ समन्वय समितिको आह्वानमा प्रदेश ३ लाई नेवाः ताम्सालिङ राज्य घोषणा गर्न माग गर्दै शुक्रबार काठमाडौंको रत्नपार्कमा प्रर्दशन गरिएको हो ।
नेवार र तामाङ समूदायको बाहूल्यता रहेको यो प्रदेशलाई झल्कने गरी नामाकरण गर्न दवाव दिन सुरु गरिएको प्रर्दशनमा सहभागी पूर्वमन्त्री हिसिला यमीले बताइन् ।
भूगोल र पहिचानको आधारमा प्रदेशहरुको नामाकरण गर्नुपर्ने माग समितिले राख्दै आएको छ । आफूहरु जातीय पहिचानको पक्षमा नभई त्यहाँको समुदायको पहिचानको पक्षमा रहेको पनि समितिले स्पष्ट पारेको छ ।
प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा बहस सुरु भएको छ । सोही सन्दर्भलाई केन्द्र भागमा राखेर समितिले प्रदेश ३ को नामाकरण नेवाः ताम्सालिङ राख्न प्रदेश सरकार र संघीय सरकारलाई दवाव दिन सुरु गरेको हो ।
प्रर्दशनीमा पहिचान विरोधी प्रदेशको नामाकरण गरे कडा प्रतिवादमा उत्रने चेतावनीसहितको नाराबाजी समेत गरिएको थियो ।