मलेसियामा अनलाइन खोजी प्रतिभा आइडलको विशेष धमाका हुदै

सोनामनोर्बु तामाङ
क्वालाम्पुर – पछिल्लो समय अनलाइन दोहोरीले राम्रो चर्चा पाएको छ । फेसबुक म्यासेन्जरबाट अनलाइन दोहोरी मार्फत प्रतिभाको खोजी भइरहेको छ । अनलाइन खोजी प्रतिभा आइडल प्रालि द्धारा मलेसियामा विशेष साङगीतिक धमाका आयोजन गर्ने भएको छ । यही जुन महिनाको २४ तारिख आइतबारका दिन मलेसियाको केलाङ चौतारी रेष्टुरेन्टमा विशेष साङगीतिक प्रस्तुती सहित चर्चिक स्थानिय कलाकारहरुको साथमा धमाका मच्चिने भएको छ ।
अनलाइन खोजी प्रतिभा आइडल प्रालिको प्रथम बार्षिक उत्सवको अवसर पारेर धामाकाको आयोजना गर्न लागिएको आयोजक टिमका सस्थापक सरोज बोम्जन तामाङले बताए । सरोज बोम्जन तामाङको अनुसार उक्त कार्यक्रममा गायक धिरेन लिम्बु, अनिल वाइवा तामाङ, अमिर लोप्चन तामाङ कोष बोम्जन तामाङ, मिङमार मोक्तान तामाङ सदन राइ, राजेश पायल दिङदम, रमित स्याङतान तामाङ पर्शुराम राइ, अम्बर लिम्बु लगायत थुप्रै कलाकारहरुको प्रस्तुती रहने बताएका छन ।
नेपाली कला सांस्कृतिको जगेर्ना गर्ने उद्देश्यले स्थापना गरिएको अनलाइन खोजी प्रतिभा आइडल प्रालिका अध्यक्ष भुपेन्द्र माबो लिम्बु हुन भने सरोज बोम्जन तामाङ यस सस्थाका संस्थापक हुन ।