हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

रवि लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट त्याग्न दूतावासमा निवेदन दर्ता

७ असार, काठमाडौं । न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट परित्यागका लागि नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दर्ता गराएका छन् ।

लामिछानेले गैरकानूनी ढंगले काम गरिरहेको पत्र अध्यागमन विभागले प्रेस काउन्सिललाई पठाएको २४ घण्टा नबित्दै लामिछानेले बुधबार अमेरिकी दूताबासमा पासपोर्ट र नागरिकता त्यागसम्बन्धी आवेदन बुझाएको जानकारी अध्यागमन विभागलाई दिएको प्रेस काउन्सिलका सह-प्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिए ।

लामिछानेविरुद्ध परेका उजुरीको छानविनका क्रममा गत चैत २३ गते प्रेस काउन्सिलले लामिछानेलाई स्पष्टीकरणसोधेको थियो । स्पष्टीकरणको जवाफमा लामिछानेले आफू विदेशी नागरिक नभएको, पत्रकार पनि नरहेको र श्रम इजाजत लिएको दाबीसहित प्रेस काउन्सिललाई बैशाख ६ गते लिखित जवाफ बुझएका थिए । तर, लामिछानेको दाबी झूठो रहेको पत्र अध्यागमन विभाग र श्रम विभागले प्रेस काउन्सिललाई बुझाएपछि बुधबार लामिछानेले अमेरिकी दूताबासमा नागरिकता त्यागको निवदेन दिएको जानकारी अध्यागमनलाई गराएका हुन् ।

गृहमन्त्रालय स्रोतका अनुसार लामिछानेले अमेरिकी दूताबासमा २ लाख ५८ हजार ५ सय रुपैयाँ दस्तुरसहित अमेरिकी नागरिकता र पासपोर्ट परित्यागको निवेदन दर्ता गराएका छन् ।

अब मर्यादामा रहेर कामू गर्नु – काउन्सिल

अमेरिकी नागरिकता र पासपोर्ट परित्यागको निवेदन दिएपछि प्रेस काउन्सिलले अब लामिछानेलाई पेशागत मर्यादामा रहेर काम गर्न निर्देशन दिएको छ ।

विहीबार प्रेस काउन्सिलबाट जारी सार्वजनिक महत्वको प्रेस विज्ञप्तिमा भनिएको छ- ‘नेपालमै रही सञ्चारसम्वद्ध पेशा व्यवसायमा संलग्न हुने उहाँको व्यक्तिगत रुचीको कदर गर्दै प्रेस काउन्सिल नेपाल उहाँलाई सार्वभौम राष्ट्रको प्रचलित नियम, कानुन, विधि, प्रक्रियाको पूर्ण परिपालना गर्न, पेशागत मर्यादामा ध्यान दिन तथा आफ्ना लेखाई वा प्रस्तुतिहरुमा शिष्टता, जिम्मेवारीवोध र पेशागत शुद्धताको ख्याल गर्दै विद्युतीय कारोबार ऐनलगायत तत्सम्बन्धी प्रचलित अन्य कानुनहरुको समेत उल्लंघन नहुने कुरामा ध्यान पुर्‍याउन निर्देशित गर्दछ ।’

प्रेस काउन्सिलले तथ्यसहितको तर्कविना कुनै पनि खालका सतही टीका-टिप्पणी नगर्न/नगराउन समेत आग्रह गरेको छ ।

नेपाली नागरिकता पुनः प्राप्तिको ढोका खुल्यो

अमेरिकी नागरिकता परित्याग गर्ने निवदेन दिएसँगै अब रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गर्ने बाटो खुलेको छ ।

नागरिकता ऐन २०६३ को दफा ११ मा ‘पुनः नेपाली नागरिकता कायम हुने’ शीर्षकमा भनिएको छ- ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ ।’

ऐन अनुसार लामिछानेले पुन नेपाली नागरिकता लिइरहनुपर्दैन, अमेरिकाको नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासनमा बुझाउनासाथ उनको बंशजको नागरिकता पुनः कायम हुनेछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution