धादिङ जिल्ला नेवा: तामसालिङ समन्वय समिति गठन

नेवा: तामसालिङ समन्वय समितिको धादिङ जिल्ला भेलाले नेपाल तामाङ घेदुङ धादिङका अध्यक्ष रामसिंह तामाङ र नेवा देय दबूका अध्यक्ष नर बहादुर श्रेष्ठको संयोजकत्वमा जिल्ला समिती गठन गरेको छ ।
भेलामा समितिका सल्लाहकार तथा पुर्व मन्त्री दिलमान पाख्रीन, नेवा देय दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकार, महासचिव माइलाबाबु धौला, लोकतान्त्रिक नेवा दबूका का. वा. अध्यक्ष भगवान शाक्य र घेदुङका सचिव रामकृश्न लामाको उपस्थिति रहेको थियो ।
यो सहित समन्वय समितिको ६ वटा जिल्लामा जिल्ला समिति गठन भैसकेको छ भने बाकी ७ जिल्लामा समेत यसै महिना भित्र समिती निर्माण गरिसक्ने नेवा अध्यक्ष नरेश ताम्राकारले बताए । समितिले ३ नं. प्रदेशको नामाकरण, प्रदेशको कामकाजि भाषा लगायतका सवालमा निरन्तर आन्दोलन गर्दै आएको छ । समितिले उठाएको मुख्य मागहरूलाई प्रदेश सभाले बेवास्ता गरेर अघि बढे सशक्त आन्दोलन संचालन गर्नको लागि जिल्ला समिती निर्माणको अभियानलाई तिब्रता दिएको हो ।