साउदीलाई हराउँदै उरुग्वे दाेस्राे चरणमा, इजिप्ट र साउदी बाहिरिए

साउदी अरेबियालाई १–० ले हराउँदै उरुग्वे प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । समुह ए मा रहेको उरुग्वेले दोश्रो चरणको खेलमा पनि जीत निकाल्दै अघिल्लो चरण प्रवेश गरेको हो । उरुग्वेको जीतसँगै समुह ए बाट आयोजक रुसको पनि अघिल्लो चरण पक्का भएको छ ।
एरुग्वेको जीतका लागि खेलको २३ औं मिनेटमा लुइस सुवारेजले गोल गरे । समूह बिजेताका लागि अब उसले रुससँग खेल्ने छ । रुसलाई हराउन सके एरुग्वे समूह बिजेता र हराउन नसके वा बराबरी भएमा समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुग्ने छ । उरुग्वेले अहिलेसम्म साउदीलाई हराउन सकेको थिएन । साउदी पहिलो खेलमा आयोजक रुससँग ५–० ले पराजित भएको थियो । उरुग्वेले पहिलो खेलमा इजिप्टलाई १–० ले पराजित गरेको थियो ।
दुई पटकको पुर्व विजेता उरुग्वे अघिल्लो संस्करणमा प्रिक्वाटरफाइनलबाट बाहिरिएको थियो। यता साउदी अरब भने सन् २००६ पछि पहिलो पटक विश्वकप खेलेको हो ।
उसले सन् १९९४ यता विश्वकपमा जित हात पार्न सकेको छैन।
यसबीचमा उसले खेलेका विश्वकपका खेलमध्ये दुई वटामा बराबरी खेलेको छ । साउदी अरबले सन् १९९४ मा आयोजित विश्वकपमा दोस्रो चरणसम्मको यात्रा तय गरेको थियो।
यी दुई टोलीबीच अन्तिम पटक सन् २०१४ मा भेट भएको थियो जुन खेल १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसअघि एकपटक मात्र भेट भएकामा सन् २००२ को उक्त प्रतिस्पर्धा साउदी अरबले ३–२ गोलले जितेको थियो। समूह बी को दोश्रो चरणको खेलमा स्पेन र इरानबीच राती पउने १२ बजे खेल हुनेछ ।