हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

आज बेल्जियमलाई पानामाको चुनौती

विश्वकपमा पहिलो पटक खेल्न लागेको टिम मध्ये एक हो, उत्तर अमेरिकी देश पानामा । उसले विश्वकपमा आफ्नो पहिलो खेलमा बलियो टिम बेल्जियमसँग सोमबार प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार राति पौने ९ बजे सोचीमा हुनेछ । समूह जी मा रहेको बेल्जियम बलियो टोली हो ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुस विश्वकपअघि निकालेको बरियतामा बेल्जियम तेस्रो स्थानमा छ । यस्तै पानामा ५५ औँ स्थानमा छ । पानामालाई बेल्जियमका लागि तुलनात्मक रुपमा कमजोर प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

तर अहिलेसम्मका खेलमा कमजोर भनिएका टिमले बलिया टिमलाई आत्थुआत्थु पारेका छन् । पानामाले पनि बेल्जियमलाई जित्न सजिलोसँग नदिने विश्लेषण गरिएको छ ।

बेल्जियमका डिफेन्डर थोमस वेर्माइलिन र भिन्सेन्ट कम्पोनी चोटका कारण मैदानमा हुने छैनन् । उसका लागि खराब कुरा हो ।

यस्तै पानामाका महत्वपूर्ण वेङ्गर अलबटो क्विन्तेरो गएको हप्ता खुट्टा फ्याक्चर भएका कारण विश्वकपमा खेल्न नसक्ने भए । तर रोमन टोरेस भने चोटबाट मुक्त भएर खेलका लागि तयार भएका छन् ।

हेड–टू–हेड

बेल्जियम र पानामा दुवै एक अर्काका लागि नयाँ प्रतिस्पर्धी हुन् । यी दुई टोलीबिच यसअघि भेट भएको छैन । यसले गर्दा दुवै टोलीलाई एक अर्काको बलियो पक्ष र कमजोरीका बारेमा जानकारी नहुन सक्छ ।

पानामाले विश्वकपमा छानिएर इतिहास बनाइसकेको छ । अब उसले त्यो उर्जा र उत्साहका कारण बलियो टिमलाई पनि असजिलोमा पार्न सक्छ, त्यो कुरा पहिलो पटक विश्वकप खेलेको आइसल्याण्डले अर्जेन्टिनालाई बराबरीमा रोकेको खेलबाट पनि देखियो ।

एक अर्कासँग पहिलो पटक खेल्न लागेका बेल्जियम र पानामा दुवै विपक्षीको रणनीतिलाई माथ दिँदै अघि बढ्ने ध्यानमा छन् ।

बेल्जियम

बेल्जियमको यो विश्वकपमा १३ औँ सहभागिता हो । उसले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । सन् १९८६ को विश्वकपमा बेल्जियम चौथो भएको थियो ।

विश्वकपमा समूह चरणका पछिल्ला ९ खेलमा बेल्जियम अपराजित छ । त्यसमा पनि पछिल्ला चार खेलमा त उसले जित निकालेको छ । उसले पछिल्ला सात विश्वकपमा ६ पटक कम्तिमा अन्तिम १६ मा स्थान बनाएको छ । सन् १९९८ मा भने उ समूह चरणबाटै बाहिरिएको थियो ।

बेल्जियमले विश्वकपमा आफ्नो पहिलो खेलको कुरा गर्दा पछिल्ला ९ विश्वकप मध्ये उसले आफ्नो पहिलो खेलमा एक पटक मात्रै हार बेहोरेको छ । उसले अहिलेसम्म पहिलो खेल हारेको भनेको सन् १९८६ मा मेक्सिकोसँग हो ।

बेल्जियमले सन् १९७० यता विश्वकपको पहिलो खेलमा दुई भन्दा बढी गोल गरेको छैन । उसले सन् १९७० को पहिलो खेलमा एल साल्भाडोरलाई ३–० ले हराएको थियो ।

विश्वकप छनौटको क्रममा अपराजित रहने युरोपका चार देशमध्ये बेल्जियम पनि एक हो । यस्तै इंग्ल्याण्ड, जर्मनी र स्पेन पनि अपराजित थिए ।

पानामा

पहिलो पटक विश्वकप खेल्न लागेको पानाका गाब्रिएल टोरेस र रोमन टोरेस यो विश्वकपको छनौट चरणमा धेरै गोल गर्ने पानाका दुई खेलाडी हुन् । उनीहरुले दुई दुई गोल गरेका छन् ।

पानामाले रुस विश्वकपमा लागि छनौट हुँदा उसको गोल अन्तर माइनसमा थियो । अर्थात उसले छनौट चरणमा आफूले गरेको भन्दा खाएको गोल बढी थियो । पानामाले उत्तर अमेरिका तथा प्यासफिक क्षेत्रको छनौटमा १० खेलमा मात्रै तीन खेलमा जित निकालेको थियो ।

पानामा हेर्नान डारिओ गोमेजको प्रशिक्षणमा विश्वकप खेल्दैछ । उनले यसअघि दुई देशलाई आफ्नो प्रशिक्षणमा विश्वकप खेलाएका छन् । उनको प्रशिक्षणमा कोलम्बियाले सन् १९९८ र इक्वेडरले सन् २००२ को विश्वकप खेलेका थिए ।

पानामाका स्टार खेलाडी ब्लाज पेरेज हुन्, उनले चारवटा विश्वकप छनौटमा खेलेका छन् र ११ गोल गरेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution