अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलको छैठौं साधारणसभा सम्पन्न,अध्यक्षमा पेमा लामा तामाङ (फोटो सहित)

तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको छैठौं वार्षिकोत्सब तथा साधारणसभा गत हप्ता जुन १५ तारिख शुक्रबारका दिन तेलअविवमा सम्पन्न भएको छ । मंचकी अध्यक्ष सीता घिसिङ तामाङको सभापतिमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलका महामहिम राजदुत निरन्जन कुमार थापा , बिशेषहरु अतिथि नियोग उपप्रमुख आस्था सुब्बा, इजरायल भ्रमणमा आउनु भएका नेपाल सरकारका पुर्व सचिब आत्माराम पाण्डे , पुर्व न्यायाधीश राम चन्द्र राई र अतिथिहरुमा इजरायलमा रहेका विभिन्न संघ-संस्था / संगठनका अध्यक्ष तथा प्रतिनिधि र मिडियाकर्मीहरुको साथमा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थित रहेको थियो |
कार्यक्रम सभापति सीता घिसिङ तामाङ र प्रमुख अतिथी निरन्जन कुमार थापाले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने छैठौं वर्ष पूरा भएको उपलक्ष्यमा केक काटेर वार्षिकोत्सब मनाएको थियो ।
कार्यक्रममा निवर्तमान कोषाध्यक्ष श्री अनिल सिंह राजपुत ज्युले वार्षिक प्रतिबेदन पेस गर्नु भएको थियो भने निवर्तमान महासचिव कुमार आङ्देम्बे अबिले संस्थाको गतिविधि प्रस्तुत गर्नु भएको थियो ।
अधिवेशनबाट सर्वसम्मत पेमा लामा तामाङको अध्यक्षमा २१ सदस्यीय कार्य समिति चयन गरेको छ |जसअनुसार पदाधिकारीहरुमा क्रमश अध्यक्ष : पेमा लामा तामाङ ,वरिष्ठ उपाध्यक्ष : कादम्बरी दाना श्रेष्ठ , प्रथम उपाध्यक्ष : कुमार आङ्देम्बे (अबि), द्धितीय उपाध्यक्ष : अनिल सिंह राजपुत त्रिर्तिय उपाध्यक्ष : पदमा गुरुङ,महासचिव : युनिका गुरुङ ,सचिव : राज लिम्बु ,कोषाध्यक्ष : नुतन भुसाल ,सह-कोषाध्यक्ष : सारा लामा , बिभागीय प्रमुख/उपप्रमुखहरु गायन बिभाग प्रमुख : सुर्य राना मगर , गायन बिभाग उपप्रमुख: दुर्गा बि सि ,नृत्य बिभाग प्रमुख : प्रीनिषा कन्दङ्वा,नृत्य बिभाग उपप्रमुख : स्वास्तिका श्रेष्ठ , कार्यसमिति सदस्यहरुमा शान्ति सेर्मा , सोनि योन्जन तामाङ, काभ्या छेत्री ,खुसी निकु , आकृति अधिकारी,राम मोक्तान तामाङ,अन्जु तामाङ र लक्ष्मी गड्तौला बास्कोटा निर्वाचित भएका छन् |
यसै गरी सल्लाहकारहरुमा प्रमुख सल्लाहकार : सिता कुमारी घिसिङ तामाङ, सल्लाहकार : उर्मिला लामा तामाङ, अम्बिका सुवेदी र देब बास्कोटा , संरक्षक मा धर्म भण्डारी र कृष्ण रायमाझी चयन भएका छन् |