आदिवासी जनजाति महासंघ इजरायलको छैठो बार्शिकोत्सब तथा साधारणसभा सम्पन्न,अध्यक्षमा नरेश कुमार श्रेष्ठ

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायलको एतिहासिक छैठो बार्शिकोत्सब तथा साधारणसभा “बिश्वका आदिवासी जनजाती एक हौ आफ्नो भेषभुषा,भाषा, कला सस्कृतिको संरक्षण र सम्बर्द्धन गरौ” भन्ने मुलनाराका साथ गत शुक्रवार १५ जुनमा तेल अविव इजरायलमा भव्य रुपमा सम्पन्न भएको छ |
कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावास इजरायलका महामहिम राजदुत निरञ्जन कुमार थापाले प्रवास भूमिमा विभिन्न जातजातीको भुषभुषा र बाजागाज सहित आ-आफ्नो मौलिक भाषा र संस्कृतिलाई संरक्षण गर्ने कार्यमा महत्वपुर्ण भूमिकाका साथ लागि परेकोमा आयोजक संस्थाको प्रशंशा गर्नु भएको थियो |
अधिवेशन द्वारा नयाँ कार्य समितिको अध्यक्षमा नरेश कुमार श्रेष्ठ सर्वसमम्त निर्वाचित भएको छ | अन्य पदाधिकारीहरुको नामावली यस प्रकार रहेका छन् |