हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

राष्ट्रिय तामाङ घेदुङ इजरायलको  प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा बिमला मोक्तान तामाङ

तेलअविव – राष्ट्रिय तामाङ घेदुङ इजरायलको प्रथम बार्षिकोत्सब तथा प्रथम अधिबेशन गत १५ तारिख शुक्रबार तेलअविवमा सम्पन्न भएको छ | संस्थाकी अध्यक्ष निरु मोक्तान तामाङको सभापतिमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपालीबाट आमन्त्रित नेपाल राष्ट्रिय तामाङ घेदुङको केन्द्रिय कार्यवाहक महासचिव महासचिव चुनब कुमार बल तामाङ रहेका थिए भने अतिथिहरुमा इजरायल स्थित संघसंस्थाका प्रतिनिधि र मिडियाकर्मीहरु थिए |


तामाङ भाषा, लिपी, कला,घर्म तथा संस्कृति हाम्रो पहिचान,संरक्षण गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना गरिएको राष्ट्रिय तामाङ घेदुङ इजरायलको प्रथम बार्षिकोत्सब तथा प्रथम अधिबेशनबाट अध्यक्षमा बिमला मोक्तान तामाङ सर्ब सहमतिबाट निर्वाचित हुनु भएको छ । नव निर्वाचित अध्यक्ष बिमला मोक्तान तामाङको अध्यक्षतामा २१ जना पदधिकारीहरुको कार्य समिति गठन भएको छ । जस अनुसार अध्यक्ष :- बिमला मोक्तान तामाङ,वरिष्ठ उपाध्यक्ष :- भरत मोक्तान तामाङ , प्रथम उपाध्यक्ष :- पेमा योन्जन तामाङ, द्वितीय उपाध्यक्ष :- सोनम लामा , तृतीय उपाध्यक्ष :- निशा मोक्तान तामाङ , चौथो उपाध्यक्ष :- कुमारी तामाङ , पाँचौ उपाध्यक्ष :- हिरा माया योन्जन तामाङ(रिया),महासचिव :- अनुराज मोक्तान तामाङ,उप-महासचिव :- पुर्ण घिसिङ तामाङ,प्रथम सचिब :- प्रीति पाख्रीन तामाङ,द्वितीय सचिब :- धन कुमार योन्जन तामाङ , कोषाध्यक्ष :- साङ्डोमा तामाङ,सह-कोषाध्यक्ष :- राम मोक्तान तामाङ,कार्यकारिणी सदस्यमा :- रोहित मोक्तान तामाङ, आशा लोप्चन तामाङ , पुजा योन्जन तामाङ,कमल तामाङ,सुनिल रुम्बा तामाङ,सुशीला दोङ तामाङ,रिना तामाङ,प्रल्हाद लामा,हेमा वाइबा तामाङ र काब्या क्षेत्री तामाङ रहेका छन् | यसै गरी संरक्षक :- बिक्रम मोक्तान तामाङ,प्रमुख सल्लाहकार :- निर्मला स्याङ्बो तामाङ , सल्लाहकार :- टेक बहादुर तामाङ,भारती तामाङ,सुमित्रा मोक्तान तामाङ र निरु मोक्तान रहेका छन् |


कार्यक्रमका प्रमुख अतिथि चुनब कुमार बल तामाङले राजनीतिक कारणले तामाङ संघसंस्थाहरु धेरै खुलेको बताउनु हुदै नेपाल राष्ट्रिय तामाङ घेदुङले तामाङ भाषा, लिपी, कला,घर्म तथा संस्कृति पहिचान,संरक्षणमा लागि रहेको र ताम्सालिङ प्राप्तिको लागि विभिन्न आन्दोअलनमा सहभागी हुदै अघि बढि रहेको बताउनु भएको थियो | 


नेपाली संघीय समाज(नेफेसो)का अध्यक्ष सुन्दर सिंह लामा तामाङ र फ्याफुल्ला मिडिया प्रा.लि.द्वारा संचालित तामाङअनलाइन मिडियाको प्रतिनिधि गर्दै बी बी लामा तामाङ अतिथिको रुपमा सहभागी भएका थिए |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution