मेस्सी पेनाल्टीमा चुके पछि आइसल्याण्डसँग बराबरीमा रोकियो अर्जेन्टिना

काठमाडौं, २ असार । दुई पटकको विश्व विजेता अर्जेन्टिना नवप्रवेशी आइसल्याण्डसँग बराबरीमा रोकिएको छ । आइतबार साँझ समहु ‘डी’ अन्तर्गतको खेलमा अर्जेन्टिना र आइसल्याण्डले १–१ को बराबरी खेलेका हुन् । २०१४ को उपविजेता अर्जेन्टिनालाई आइसल्याण्डले बराबरीमा रोक्न सफल भएको हो ।
खेलको १९ औं मिनेटमा अर्जेन्टिनाका सर्जियो अग्यूरोले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यसको चार मिनेटमै आइसल्याण्डका अल्फेरो फिनन बोक्सनले गोल बराबरी गोल गरे । अर्जेन्टिनाले आइसल्याण्डको पोस्टमा केही राम्रा प्रहार गरेपछि ती सबै प्रयासलाई गोल किपरले विफल पारिदिए ।
६४ औं मिनेटमा डिबक्स भित्र आइसल्याण्डले फउल गरेको थियो । अर्जेन्टिनाले पेनाल्टीको अवसर प्राप्त गरेको थियो र मेस्सीले पेनाल्डी प्रहार गरेका थिए । मेस्सीको पेनाल्टीलाई आइसल्याण्डका किपर हेन्स हल्र्डोसनले उत्कृष्ट बचाउ गरेका थिए ।
मेस्सीका चिर प्रतिस्पर्धी द्वन्दी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले शनिवार स्पेन विरुद्ध ह्याट्रिक गर्दा मेस्सी भने पेनाल्टीमा चुकेका हुन् । बराबरीसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । यही समुहमा रहेका क्रोसिया र नाइजेरियाको खेल केही समय पछि हुँदैछ ।