हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

विश्वकपको प्रत्यक्ष प्रसारण ४ वटा नेपाली टेलिभिजनमा हेर्न सकिने

काठमाडौं, ३१ जेठ – आजदेखि सुरु हुने विश्वकप फुटबल खेलको प्रत्यक्ष प्रसारण नेपालका ४ वटा टेलिभिजन च्यानलबाट हेर्न सकिने भएको छ ।

फिफा विश्वकप–२०१८ को एक मात्र आधिकारिक नेपाली साझेदार मिडिया हब प्रालिले ४ वटा च्याटललाई प्रत्यक्ष प्रसारणको सुविधा दिएको हो । नेपाल टेलिभिजन, कान्तिपुर एचडी, डिसहोम एक्सन् स्पोर्टस् र एनटीभी प्लसमा फिफा विश्वकप खेल प्रत्यक्ष प्रसारण हेर्न सकिने मिडिया हब प्रालिका कार्यकारी निर्देशक सोम धितालले बताए । मिडिया हबले ‘राम्रो नै हेरौं, हाम्रोमै हेरौं’ नाराका साथ प्रत्यक्ष प्रसारण सुविधा प्रदान गरेको छ |

अर्घाखाँची सिमेन्ट प्रस्तुतकर्ता रहेको प्रत्यक्ष प्रसारणमा बजाज पल्सर एनएस २००, कोकाकोला र राइनो ५०० डीको साथ रहेको कार्यकारी निर्देशक धितालले बताए । उनका अनुसार प्रत्यक्ष प्रसारणमा क्लीयर, रेनो क्याप्चर, डिसहोम, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, जुपिटर क्लासिकको साझेदारी र हिमस्टार एलइडी बल्ब, एनआइसी एसिया बैंक, सर्वो लुब्रिकेन्टस् र एसियन पेन्टस्को समर्थन रहेको छ ।

कार्यकारी निर्देशक सोम धितालले भने, ‘लामो समयदेखि फिफा विश्वकपको नेपालमा आधिकारिक इजाजत प्राप्त संस्था बन्न सकेकोमा हामी धेरै खुशी छौं । फिफा विश्वकप हेर्न विदेशी च्यानलमा मात्रै निर्भर हुनुपर्ने समय अब गएको छ ।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution