हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

देवदहका स्कुलमा बौद्ध शिक्षा अनिवार्य विषय

गौतमबुद्धको मावली देवदहमा नगरपालिकाले विद्यालय तहको पाठ्यक्रममा बौद्ध शिक्षालाई समावेश गरेको छ ।

देवदह नगरपालिकाले कक्षा ६ र ७ को पाठ्यक्रममा ‘बौद्ध शिक्षा र देवदह परिचय’ नामक ६० अंकको पाठ्यभार र ४० पूर्णाङ्कको बौद्ध शिक्षा समावेश गरेको हो ।

नेपाली र अंग्रेजी दुवै माध्यममा तयार पारिएको पाठ्यपुस्तक बुधबार प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले विमोचन गरे । यी पाठ्यक्रम अब देवदह नगरपालिकाका सामुदायिक र संस्थागत सबै विद्यालयमा अनिवार्य रुपमा लागू हुनेछ ।

पुस्तक विमोचन गर्दै मन्त्री बरालले स्थानीय पाठ्यक्रम बन्नु र पढाइ हुनुले संघीयता कार्यान्वयनलाई सहज हुने बताए । 

उनले बुद्धको मावलीबाट शुरु भएको यो अभियान अब प्रदेश र देशभरीका स्थानीय तहले प्रेरणा लिन सक्ने बताए ।

स्थानीय तहहरुमा स्थानीय पाठ्यक्रम तयार गरी लागू गरिएको संभवतः देवदह पहिलो भएको देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले बताए ।

पाठ्यक्रम निर्माण समितिका संयोजक सिद्धिचरण भटराईले देवदह नगरपालिका बनेसंगै स्थानीय पाठ्यपुस्तक र पाठ्यक्रमको अवधारणा नगर परिषदले पारित गरेर अगाडि बढेको स्मरण गर्दै २०७६ सालसम्म यो पाठ्यक्रम परीक्षणको रुपमा लागू हुने बताए ।

त्यसपछि परिमार्जन गरी पूर्णरुपमा लागू गरिनेछ । पुस्तक विमोचन कार्यक्रममा सामुदायिक विद्यालय सञ्जालका संयोजक दुर्गा आचार्य, संस्थागत विद्यालयका तर्फबाट कृष्ण पौडेललगायतले स्थानीय पाठ्यक्रमले देवदहको परिचय र बौद्ध शिक्षामार्फत चरित्रवान नागरिक उत्पादन हुने अविश्वास व्यक्त गरे । अनलाइनखबर |

३० जेठ २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution