यस्तो थियो – सिंगापुरमा किम र ट्रम्पले खाएको खानाको परिकार (फोटो फिचर)

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिंगापुरमा ऐतिहासिक भेटवार्ताको क्रममा खाएको खानाको परिकारमा कोरियाली र पश्चिमी खानाको फ्युजन रहेको थियो ।
खानामा मलाय प्रायद्वीपमा लोकपि्रय हरियो आँपबाट बन्ने ‘केराबु’ मा मह र ताजा अक्टोपस राखी सर्भ गरिएको थियो । काँक्रोमा अरु विभिन्न चिज राखेर बनाइने कोरियाली खाना ‘ओइजोन’ को साथमा एभोकाडोको सलादसँग प्राउन ककटेल ट्रम्प र किमले खाएका थिए । मुख्य कोर्सको रुपमा ट्रम्प र किमले विशेष डौफिनोइज आलु र बिफ खाए, जसमा उसिनेको ब्रोकाउली र छेउमा रेडवाइन सस राखिएको थियो ।
त्यस्तै मेनुमा रहेको अर्को स्वादिलो खाना बङ्गुरको मासु राखेर फ्राई गरिएको ‘याङजोउ फ्राइड राइस’ थियो । साथमा घरमै बनाइने जो चिल्ली सस राखिएको थियो । याङजोउ फ्राइडराइस विशेषगरी प्राउन, मटर र अण्डा राखेर फ्राइड गरिन्छ । त्यस्तै किम र ट्रम्पले खाएको अर्को कोरियाली खानामा ‘डेगु जोरिम’ रहेको छ जसलाई कड फिस र मुला राखेर बनाइएको हुन्छ ।
त्यसैगरी मुख्य खानापछि खाइने डेजर्ट तीनथरि थियो । उनीहरुलाई डेजर्टको रुपमा डार्क चकलेट ‘टार्लेट गान्चे’, भेनिलाको स्वादमा ‘हागेन्डाज आइसक्रिम’ र एक प्रकारको फ्रेन्च पेस्ट्री ‘ट्रोपेजाइन’ दिइएको थियो ।
उत्तर कोरियाको समुन्द्री खानाहरुको निर्यातमा प्रतिबन्ध लगाइएकाले मेनुमा समावेश गरेको थिएन |