हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

किम-ट्रम्प वार्ताबारे अन्तर्राष्ट्रिय मिडियाले के भन्यो ?

काठमाडौं । सिंगापुरमा सम्पन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनवीचको भेटवार्तासम्बन्धी समाचार मंगलबार संसारभरिका मिडियामा ‘हटकेक’ बन्यो । यो ऐतिहासिक भेटवार्ताबारे संसारका चर्चित मिडियाले सूचना र समाचारमात्रै सम्प्रेषण गरेनन्, विश्व राजनीतिमा यसको ऐतिहासिक महत्व र प्रभावका विषयमा विश्लेषणहरु समेत पस्कने काम गरे ।
ट्रम्प र किमवीचको भेटवार्ताबारे विश्वका चर्चित मिडियामा आएका केही विश्लेषणहरुको सारांश हामीले यहाँ प्रस्तुत गरेका छौं ।

न्युयोर्क टाइम्समा डेभिड ई. स्याङ्गर र चोई साङ हुनले संयुक्तरुपमा समाचार विश्लेषण गर्दै यस्तो लेखेका छन्ः

राष्ट्रपति ट्रम्पले १९८० को मध्य दशकदेखि उच्चस्तरीय आणविक वार्ताको केन्द्रमा आफू रहेको कल्पना गरेका थिए, उनले असफल भए पनि रेगन प्रशासनलाई यसका लागि न्युयोर्कको रियलस्टेट डिलरले सोभियत संघसँग हतियार नियन्त्रण वार्ताको नेतृत्व गर्न खोज्नु परेको बुझाउन खोजेका थिए ।

तर, अहिले ट्रम्प आफैले एक आणविक वार्ता सफल गरेका छन् । रुसीसँग होइन तर, आफूभन्दा आधा उमेरका अस्थिर र तानाशाह नेता उत्तर कोरियाली नेता किमजोङ उनसँग ।
अहिले ट्रम्पका लागि उब्जने प्रश्न किम आणविक हतियार भन्दा पनि आर्थिक विकास चाहन्छन् भन्ने किमको दाबी सही छ कि छैन भन्ने हो । सिंगापुर वार्ताको नतिजा जे आए पनि किमले अहिले नै धेरै कुरा जितिसकेका छन् । उनी अमेरिकी राष्ट्रपतिसँग वार्ता गर्ने पहिलो उत्तर कोरियाली नेता बनेका छन् । किमले आफ्ना जनतालाई उनी एक अमेरिकीहरुले मान्नुपर्ने एक शक्ति भएको देखाएका छन् । अहिलेका लागि यो पनि धेरै नै हुन सक्छ ।

त्यस्तै बीबीसीमा सिंगापुर संवाददाता लाउरा बिक्करको विश्लेषण यस्तो छः

दुई देशका झण्डाहरु सँगसँगै राखिएका थिए । हृयान्डसेक सावधानीपूर्ण गरिएको थियो । जसरी यो कुनै अरु देशसँग भएको होस् । तर, उत्तर कोरिया कुनै अर्को देश होइन । यो अझै पनि रहस्यमयी रहेको छ र यसका हतियारहरु लुकाइएका छन् । यसका निर्वाचनविना छानिएका नेतामाथि आफ्ना जनतालाई अत्याचार गरेको आरोप लागिरहन्छ ।

दक्षिण कोरियालीहरुका लागि डोनाल्ड ट्रम्प र किम जोङ उनले हात मिलाएको देख्न पाउनु धेरै आश्चर्यजनक क्षण थियो । उनीहरुले दशकौंदेखिको तनाव र विभाजन खपेका थिए र यी दुवै नेता गत वर्ष युद्धको नजिकै पुगेका थिए ।

किमले अझै पनि परमाणु कार्यक्रम त्याग्ने प्रतिवद्धता गर्न बाँकी नै छ । उनले आफूले चाहेको कुरा पाएका छन् । उनले आणविक हतियार बनाएका थिए, त्यसैले उनले अमेरिकी राष्ट्रपतिसँग वार्ता गर्न पाए । यसले उनको सत्तालाई वैधानिकता दिनेछ । यो धेरै नै बलियो सुरुवात हो । तर, अझै धेरै चुनौतीहरु बाँकी नै छन् ।

यसैगरी दी वाशिंङटन पोस्टमा फिलिप्स रकर र एन्नी गेरनको विश्लेषणको सार यस्तो छः

पाँच महिना अगाडि ट्रम्पले उनको सबैभन्दा ठूलो घरेलु मञ्चमा स्टेट अफ युनियनको वाषिर्क सम्बोधनमा किमको मानवअधिकार विरोधी कार्यको विरोध गरेका थिए । समारोहमा अध्ययन भ्रमणका क्रममा उत्तर कोरियामा पक्राउ परेका युनिभर्सिटी अफ भर्जिनियाका विद्यार्थी ओट्टो वार्मबियरका आमाबुबालाई अतिथिको रुपमा निम्त्याइएको थियो ।

ओट्टोलाई उत्तर कोरिया विरुद्ध अपराध गरेको आरोपमा श्रमशिविरमा राखिएको थियो । उनी सख्त घाइते भएका थिए र अमेरिका फर्केको केही दिनमै उनको मृत्यु भएको थियो । गत वर्ष किमविरुद्ध आगो ओकल्दै आक्रमणको चुनौती दिने ट्रम्प किमप्रति केही महिना यता नरम बनेका छन् र उनको प्रशंसा गर्दै आएका छन् । उनले किमलाई अमेरिका भ्रमणका लागि पनि निमन्त्रणा गर्ने सम्भावना रहेको छ ।

ट्रम्पले सिंगापुरबाट विश्व मञ्चमा आफ्नो छवि प्रदर्शनका लागि संकल्प गरेका थिए । निशस्त्रीकरणको सम्झौताका लागि अतिरिक्त थप वार्ताहरु र अन्य कुराकानी आवश्यक हुन सक्ने भए पनि ट्रम्पले किमसँग वार्ताका लागि यहाँ आउने उत्साह व्यक्त गरे, जसलाई उनले ‘अज्ञात क्षेत्र’ भनेका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution