हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

ट्रम्प- किमको पहिलो ‘वान अन वान’ सिंगापुर वार्ता पछि दुवै नेता गम्भीर मुद्रामा, अहिले लन्च ब्रेक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच मंगलबार बिहान अभूतपूर्व शिखरवार्ता सुरु भएको छ। सिंगापुरको स्थानीय समयानुसार बिहान ९ बजे दुवै नेताले हात मिलाएर वार्ता सुरु गरेका थिए।

मलाई लाग्छ, यो वार्ता अभूतपूर्व रुपमा सफल हुनेछ। यो मेरो लागि सम्मानको कुरा हो र हाम्रो सम्बन्ध गज्जबको हुनेछ,’ ट्रम्पले भने।

किमले भने, ‘यहाँसम्म आइपुग्न सहज थिए। हामीलाई विगतले पछाडि अँठ्याइराखेको थियो। विगतका अभ्यास र धारणाहरुले हाम्रो आँखा र कान छोपेका थिए। तर आज यहाँ आइपुग्न हामीले ती सबै कुरालाई पछाडि छोडेका छौँ।’

त्यसपछि करिब ४० मिनेट किम र ट्रम्पले एक्लाएक्लै वार्ता गरेका थिए।

एक्लाएक्लैको वार्तापछि दुवै नेता गम्भीर मुद्रामा साथमै होटलमा देखा परे र बैठक कक्षमा प्रवेश गरे।

‘मलाई लाग्छ, पूरै संसार यो क्षणलाई नियालिरहेको छ। संसारका धेरै मानिसले कुनै काल्पनिक कथा वा साइन्स फिक्सन मुभीको दृश्य ठान्नेछन्,’ किमले दोभाषेमार्फत् भने।

दुई नेताबीचको वार्ता कस्तो रह्यो त भन्ने प्रश्नमा ट्रम्पले भने, ‘अति राम्रो, अति राम्रो। राम्रो सम्बन्ध।’

‘मलाई विश्वास छ, यो शान्तिका लागि राम्रो प्रस्तावना हो,’ किमको प्रतिक्रिया थियो।

वर्किङ लञ्च

ऐतिहासिक सिंगापुर शिखरवार्तामा भाग लिइरहेका अमेरिकी र उत्तर कोरियाली नेताहरुको ‘वर्किङ लञ्च’ को मेनु सार्वजनिक भएको छ।

स्थानीय समयअनुसार ११ः५० मा सुरु भएको लञ्चको सुरुवातमा प्राउन ककटेल, एभोकाडो सलाद, ओइसियोन भनिने हरियो आँपको परिकार राखिएको छ।

मेन कोर्समा बिफ सर्ट रिब कनफिट, क्रिस्पी पोर्क र याङजाउ फ्राइड राइस छ।

अन्तमा डार्क चकलेट, भेनिला आइसक्रिम र पेस्ट्री राखिएको छ।

एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution