हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपाली कूटनीतिज्ञलाई इजरायली राजदुतको सुझाब – धेरै पिउनूस्, शौचालय जानूस्

२९ जेठ, काठमाडौं । विश्व राजनीतिमा इजरायलको स्थान सदैव समस्याग्रस्त नै छ । आफू अस्तित्वमा आएदेखि नै छिमेकी प्यालेस्टाइनसँग निरन्तर युद्धमा छ ऊ । अझ अरब क्षेत्रका अन्य छिमेकीको साथ लागेर प्यालेस्टाइनले संयुक्त राष्ट्र सङ्घमा आफ्ना विरुद्ध विभिन्न प्रस्ताव लैजाँदा जेरुसेलमको ज्वरो बढ्ने नै भयो । झन् यस्ता प्रस्तावमा मतदान हुँदा असंलग्न राष्ट्र मानिने नेपाल लगायतले पनि आफूलाई साथ नदिँदा इजरायललाई कस्तो लाग्दो हो ?

नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५८ वर्ष पूरा भएको सन्दर्भमा गत हप्ता नेपालका लागि इजरायली राजदूत बेनी ओमेरसँग कुरा गर्दा उनले पनि यस्तै सन्दर्भको एउटा घटना सुनाए ।

नेपाललाई आफ्नो पक्षमा मतदान गर्न नसके मतदान बहिष्कार गर्न वा गयल हुन गरिएको आग्रह कार्यान्वयन नभएकोमा राजदूत ओमेरको गुनासो थियो । “हामीबीचको द्वीपक्षीय सम्बन्ध एकदमै राम्रो छ । एकअर्कालाई हेर्ने दृष्टिकोण समान छ । तर एउटा कुराले हामीलाई चिन्तित बनाएको छ,” ओमेर भन्छन्, “हाम्रो द्वीपक्षीय सम्बन्धको सकारात्मकता बहुपक्षीय स्तरमा, अर्थात् राष्ट्रसङ्घमा देखिँदैन ।”

ओमेर बताउँछन् कि उनको देश नेपालले प्यालेस्टाइन लगायत अन्य अरब देशको पक्षमा मतदान गरोस् भन्ने कहिल्यै चाँहदैन । त्यसको विपक्षमा मतदान गरोस् भन्ने चाहना त छ, तर नेपालको अन्य राष्ट्रसँग पनि उत्तिकै सौहार्दपूर्ण सम्बन्ध भएको अवस्थामा यसलाई यसो भनिहाल्न मिल्दैन । अर्थात्, नेपालका अगाडि रहेका पक्ष र विपक्षका दुबै सिधा विकल्प इजरायलसँगको सन्तुलित सम्बन्धका लागि अनुपयुक्त भएको कुरामा राजदूतको पनि सहमति छ ।

त्यसो भए काठमाडौँका लागि बाँकी दुई विकल्प भनेका मतदान बहिष्कार गर्नु र गयल हुनु हुन् । मतदान स्थलमा उपस्थित भएर बहिष्कार गर्दा त्यति शोभनीय नहुने कुराको पनि राजदूतलाई हेक्का छ । त्यसैले उनको सुझाव छ नेपाली अधिकारी मतदानका बेला गयल बसून् ।

तर, मतदानमा गयल बस्नका लागि उनले दिएको सुझाव भने अलिक रमाइलै छ । “मतदान चल्दै गर्दा बाहिर गइदिनुहोस् न । सजिलै छ त । हामी मान्छे हौँ, हामी पिउँछौँ,” पानी कि मदिरा भन्ने कुरा यी कूटनीतिज्ञको कुटिल उत्तरमा खुल्दैन, “त्यसपछि त हामी शौचालय जान परिहाल्छ । पिउनूस्, शौचालय जानूस्, अरू मतदान गर्दै बसून्, भोटिङ् सकिएपछि तपाईँ र्फकनुहोस् । यो सम्भव छैन र ?”

केही समय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दा आफूले यही सुझाव दिएको र आफ्नो कुरामा ओली पनि सहमत भएको उनको दाबी छ । “तपाईँको प्रधानमन्त्रीले पनि भन्नुभयो कि हो हामीले हाम्रा कूटनीतिज्ञलाई अबदेखि धेरै पिउन प्रेरित गर्नुपर्छ ता कि मतदानका बेला चित्तबुझ््दो कारण देखाएर गयल हुन सकियोस् । यसो भयो भने कसैले पनि नेपालबारे गुनासो गर्नेछैन ।”

आफूले नेपालका परराष्ट्र अधिकारीलाई पनि बारम्बार यो सुझाव दिए पनि त्यसको नतिजा आजसम्म नदेखिएको उनको गुनासो छ । गत चैत महिनाको पहिलो हप्तामा एक इजरायली टोलीले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र सचिव शंकरदास वैरागीलाई भेटेर सौहार्दपूर्ण कुराकानी गरेको दुई दिनमै जेनेभामा भएको एक राष्ट्रसङ्घीय मतदानमा नेपालले प्यालेस्टाइनको पक्षमा मतदान गरेपछि आफू आश्चर्यमा परेको उनी बताउँछन् ।

“सबै त म भन्दिनँ तर राष्ट्र सङ्घमा अरब क्याम्पले हाम्रा विरुद्ध लैजाने प्रस्तावमा मतदान हुँदा नेपाल प्रायजसो अरब क्याम्पकै साथ लाग्ने गरेको छ । यो दुर्भाग्यपूर्ण छ । यस्तो किन हुन्छ नेपालको एक असल मित्रका रूपमा हामी कहिल्यै बुझ्दैनौँ,” ओमेरको गुनासो छ, “तपाईँको सरकारले त तटस्थता र असंलग्नतालाई आफ्नो परराष्ट्र नीति मानेको वर्षौं भइसकेको छ नि ।”

त्यसभन्दा बाहेक अन्य पक्षमा भने नेपाल र इजरायलबीचको सम्बन्धबाट आफू पूर्ण सन्तुष्ट रहेको राजदूत बताउँछन् ।

संवत् २०१७ जेठमा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद (वीपी) कोइराला र उनका इजरायली समकक्षी डेबिड बेनग्युरियनको दूरदर्शी दृष्टिकोण तथा आकर्षक व्यक्तित्वका कारण स्थापित द्विपक्षीय सम्बन्ध सदैव सकारात्मक रहेको उनको भनाइ छ । इजरायलले नेपालको कृषि लगायत विविध क्षेत्रको विकासमा निरन्तर योगदान गरेको दाबी गर्दै उनी अब नेपालमा स्थिर सरकार बनेकाले सहकार्य अझ मजबुत हुने पनि बताउँछन् ।

तर पनि उनी जिस्किन र जिस्काउन छाड्दैनन्, “हुन त यो कुरा तपाईँको देशले युएनमा कसरी मतदान गर्छ भन्ने कुरामा निर्भर हुन्छ । तपाईँ के दिनुहुन्छ र के पाउनुहुन्छ भन्ने कुराबीच आपसी सामञ्जस्य खोजिनु स्वाभाविक छ ।” अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution