मोदीको सेल्फीमा फेसबुकका संस्थापकको लाइक
एजेन्सी नयाँ दिल्ली, जेठ १/भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीनको भ्रमणमा छन्। भ्रमणकै क्रममा शुक्रबार मोदीले चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँगको सेल्फी खिचेर फेसबुकमा पोष्ट गरेका छन्। सामाजिक सञ्जालमा थुप्रै प्रशंसक भएका मोदीको सो सेल्फीले निकै चर्चा पायो।
फेसबुकका संस्थापक मार्क जुकरवर्गले पनि उनको उक्त फोटोलाई लाइक गरेपछि भारतीय मिडियामा यसको चर्चा झनै चुलियो।
भारतीय सञ्चारमाध्यमले जुकरवर्ग मोदीको प्रशंसक भएको र यसअघि पनि मोदीका धेरै स्टाटसमा लाइक गरेको जनाएका छन्।