ओलीको चीन भ्रमणपछि उपेन्द्र यादव परराष्ट्रमन्त्री बन्ने

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगत्तै उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवको जिम्मेवारी हेरफेर हुने भएको छ ।
स्रोतका अनुसार मन्त्री यादवलाई ओलीको चीन भ्रमणपछि परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । यसबारेमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि समझदारी भैसकेको छ ।
चीन भ्रमणपछि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिने ओलीको तयारी छ । रिपोर्टस नेपाल