विश्वकपका लागि काठमाडौं जिल्ला प्रशासनले जारी गर्यो १० बुदे आचारसंहिता
काठमाडौं- काठमाडौं जिल्ला प्रशासनले बिहीबारदेखि रुसमा सुरु हुने विश्वकप फुटबलाई लक्ष्यित गर्दै १० बुँदे आचारसंहिता जारी गरेको छ।
सार्वजनिक स्थानमा ठुला स्क्रिनमा विश्वकपका खेलहरु देखाईने प्रचलनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले शान्ती सुरक्षा कायम राख्न खेलका प्रशारण र ब्यवस्थापनलाई बलियो बनाइनुपर्ने जनाएको छ।
शान्ती सुरक्षा खलबल हुने र धनजनको क्षती हुने अवस्था आए त्यसको सम्पुर्ण जिम्मा खेलहरु ठुला स्क्रिनमा देखाउने संस्थाले लिनुपर्ने प्रशासनले जनाएको छ।
जेष्ठ २८, २०७५