हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

नेवा तामसालिङ जिल्ला संगठन निर्माणको अभियान सुरु

२७ जेठ, काठमाडौ । नेपाल आदिवासी जनजाति महासंघ संघिय सचिवालय कुसुन्तिमा बसेको बैठकले नेवा देय दबूका अध्यक्ष हिराकाजी महर्जन र नेपाल तामाङ घेदुङको अध्यक्ष मानबहादुर तामाङको संयोजकत्वमा ललितपुर जिल्ला समिती गठन गरेको छ । 

भोलि जेठ २८ गते भक्तपुर स्थित नेपाल स्काउटको हलमा बैठक बसेर भक्तपुर जिल्ला समिति गठन गर्नेछौ । त्यसैगरी जेठ २९ गते घेदुङको सभाहल चुचेपाटिमा काठमाडौ जिल्ला समिती गठन गरिनेछ र ३० गते बनेपा स्थित जनजाति महासंघको हलमा काभ्रे जिल्ला समिती गठन हुनेछ । सवै ठाउको कार्यक्रमहरु दिउँसो २ बजेबाट सुरु हुनेछ । 

यसैगरी असार १ गते दिउँसो २ बजेदेखी कुपोन्डोल स्थित सातोकी भवनमा पहिचान सम्बाद कार्यक्रम संचालन गरिनेछ । उक्त सम्बादमा संघियता र पहिचान सम्बन्धि बिज्ञ ब्यक्तित्व मा. सांसद राजेन्द्र श्रेष्ठ र एकजना तामाङ समुदायको बिज्ञ ब्यक्तित्वले सहजीकरण गर्नुहुनेछ । 

यसपछी असार ३ गते नुवाकोट जिल्लाको बिदुरमा, ४ गते रसुवाको धुन्चेमा र ६ गते धादिङको धादिङ्बेसिमा जिल्ला समिती निर्माण तथा जनबहस कार्यक्रम संचालन हुनेछ । 

असार ८ गते दिउँसो ३ बजेदेखी ४ बजेसम्म १ घण्टा माइतीघर मण्डलामा प्लेकार्ड सहित जनप्रदर्शन गरिने र सोही स्थलमा बैठक बसि बाकी ६ जिल्ला गठनको कार्यक्रम पनि तय गरिने भएको छ । 

उल्लेखित सवै कार्यक्रमहरुमा सम्बन्धित जिल्लाका साथिहरुले सकृय सहभागिता जनाइ दिनहुन र असार १ गतेको पहिचान सम्वाद तथा असार ८ गतेको माइतीघर मण्डलाको १ घण्टे धर्नामा समेत उपस्थित भैदिन हुन   नेवा तामसालिङ समन्वय समितीका संयोजकअनुरोध गरेको छ । 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution