कोकोम्हन्दो साहित्य समाजको नियमित रचना वाचन कार्यक्रम सम्पन्न

दिपक वाइबा तामाङ,पोखरा – कोकोम्हन्दो साहित्य समाजको नियमित रचना वाचन कार्यक्रमको ५ औं श्रृंखला तामाङ बौद्ध सेवा समितिको सभाहल संगमटोलमा रचना वाचन सहित आज सम्पन्न भएको छ ।नियमित रचना वाचनमा कमल नेगी , पूर्ण डिमडुंग तामाङ , अन्जना तामाङ ,पवित्र तामाङ मिनमाया डुम्जन , चन्द्र ग्याबा ‘मुस्कान’, कृष्ण तितुङ , दिपक वाईबा लगायत सर्जकहरुले आ-आफ्नो रचना कविता , गजल र लघुकथा वाचन गरेको थिए ।
कार्यक्रमको अन्त्यमा साहित्य समाजका संरक्षक एवम् साहित्यकार धन प्रसाद डुम्जनले आफ्ना रचना वाचन सहित ‘काव्यिक चेतनाभित्र वैचारिक सघनता र सौन्दर्य’ वारे आफ्ना महत्वपूर्ण विचार प्रस्तुत गर्नुभएको थियो ।
साहित्य समाजका संयोजक दिपक वाईबाको अध्यक्षता मिनमाया डुम्जनको सन्चालनमा मनसुवा स्याङ्बोले स्वागत मन्तव्य दिनुभएको थियो ।संरक्षक कुम बहादुर योन्जनको विशेष उपस्थिति रहेको थियो ।