विश्वकप फुटबल २०१८ को ‘अफिसियल’ गीत ‘लिभ इट अप’को भिडियो सार्वजनिक

विश्वकप फुटबल २०१८ को ‘अफिसियल’ गीत ‘लिभ इट अप’को भिडियो सार्वजनिक भएको छ।अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार भिडियो सार्वजनिक सार्वजनिक गरेको हो। १५ दिन अगाडी लिरिकल भिडियो सार्वजनिक गरिएको थियो।
गीतमा निकी जाम, वील स्मिथ र इरा इस्टेर्फी स्वर रहेको छ। भिडियोमा तीनै जना फिचर छन्। तीनै जना यस गीतका संगीतकार समेत हुन्।गीत डिप्लोले निर्माण गरेको हो। अघिल्लो विश्वकपको ‘वि आर वान’ बोलको गीत पनि डिप्लो नै बनाएको थियो।
जेठ ३१ गते रसियाको मस्कोमा हुने विश्वकप उद्घाटन समारोहमा ‘लिभ इट अप’ गीतमा कलाकारले प्रस्तुति दिनेछन्।