हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

पहिलो पटक ‘तामाङ सेलो नाट्य महोत्सव’ आयोजन हुदै

काठमाडौं । मुलुकमै पहिलो पटक ‘तामाङ सेलो नाट्य महोत्सव–२०७५’ काठमाडौंमा हुने भएको छ । महोत्सव बत्तिसपुतली स्थित शिल्पी थिएटरमा आउँदो असार २, ३ र ४ गते हुने भएको हो ।

तीनदिनसम्म हुने उक्त तामाङ सेलो नाट्य महोत्सव नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानसँग मिलेर सेलो फाउण्डेसनले गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा ५ वटा नाटक छानिएको प्रतिष्ठानका प्राज्ञ एवं रंगमंच विभाग प्रमुख पुष्कर गुरुङले बताए । छानिएका नाटकहरुमा भाषाविद अमृत योञ्जन तामाङको लेखन तथा निशा पाख्रिन र सन्तोष तामाङको निर्देशन रहेको नाटक ‘स्यालगार’, फूलमान वलको लेखन र सोनाम तामाङको निर्देशन रहेको ‘सोनाम ग्याल्मो’, बसन्त चौधरीको लेखन र शान्ति वाइवाको निर्देशन रहेको कविता नाटक ‘ङाला फ्रेङबा धोङला टा’, ल्हाप्साङ कर्पो म्युजिकको तर्फबाट रोशन फ्युबाले संयोजन गरेको लोकनाटक ‘ल्हलिमो’, सत्यदेवी काठमाडौं सम्पर्क समाजको तर्फबाट मारमेन वाइबाले संयोजन गरेको लोकनाटक ‘ताचेमा’ (घोडाचडी) रहेका छन् ।

भाषाविद योन्जनको नाटकमा तामाङ समुदायको विवाहमा प्रचलित ‘चारदाम’ संस्कृतिमा आधारित छ भने फूलमान वलको ‘सोनाम ग्याल्मो’ जंगबहादुर राणाको मृत्यु सम्बन्धी तामाङ समुदायमा प्रचलित मिथमाथि आधारित छ ।

सर्लाहीको पत्थर घट्टमा जंगबहादुरलाई तामाङ जारले काटेको किम्बदन्तीलाई नाट्य रुपान्तरण गरिएको नाटककार वलले बताए । योञ्जन र बलको दुबै नाटक आधुनिक शैलीमा मञ्चन गरिने फाउन्डेशनका अध्यक्ष जगत तामाङले जनाए ।

‘ल्हलिमो’ भने लोक नाटक हो । ल्हाप्साङकार्पो क्षेत्र )धादिङ, नुवाकोट, रसुवा सिन्धुपाल्चोक अर्थात नेत्रावती, बेत्रावती र ईन्द्रावती नदीको मुहान आसपास) को तामाङ समुदायमा परापुर्व कालदेखि नै बिभिन्न पर्वहरुमा प्रदर्शन गर्दै आईरहेको यो लोकनाटक अहिले पनि माघ र फागुनको महिनामा मनाईने छेची पर्वमा प्रदर्शन गर्ने प्रचलन रहेको ‘ल्हलिमो’का संयोजक रोशन फ्युबाले जनाए ।

‘छेची पर्वमा यस्तै १० भन्दा बढी तामाङ संस्कार र ईतिहाससँग सम्बन्धित लोक नाटकहरु मञ्चन हुन्छन् ।’ चलचित्रकर्मीको रुपमा समेत स्थापित फ्युबाले भने, ‘पहिलो पटक हाम्रै तामाङ समुदाय केन्द्रित गरेर हुन लागेको नाट्य महोत्सवमा ल्हलिमो देखाउने अवसर पाउँदै गर्दा म निकै उत्साहित छु । यसले पश्चिमी तामाङ समुदायको सांस्कृतिक चिनारीलाई अझ नयाँ ढंगले उजागर गर्नेछ ।’

म्हारमेन वाइवाको संयोजन रहेको लोक नाटक ‘ताचेमा’ पनि ल्हाप्साङकर्पो क्षेत्रकै सांस्कृतिक दस्ताबेज हो । तामाङ समुदायले भोटमा नुनसित चामल साटेको र तिब्बतीहरुसित युद्ध लडेको कथा बोकेको यो लोक नाटक पनि रसुवा, धादिङ र नुवाकोट क्षेत्रमा विभिन्न अवसर पारि प्रस्तुत हुँदै आएको छ । महोत्सवको रोचक पक्ष कविता नाटक पनि हुने प्राज्ञ गुरुङले जनाए ।

बसन्त चौधरीको कविता नाटक ‘ङाला फ्रेङबा धोङला टा’ मा नयाँ पुस्ताले आफ्नो संस्कृति र सभ्यताको जरो सम्झेर अघि बढ्न चाहेको सन्दर्भ छ । संस्कृतिको प्रतीकको रुपमा पुर्खा (बुबा र आमा)लाई सम्बोधन गरिएको यो कविता नाटक तामाङ रंगमञ्चमा नयाँ प्रयोग हुनसक्ने निर्देशक वाइवाले दावी गरिन् । निर्देशकहरु सोनाम तामाङ, निशा पाख्रिन र सन्तोष तामाङले पनि पहिलोपटक हुन लागेको महोत्सवले आफूहरुलाई निकै उत्साहित पारेको बताए ।

महोत्सव अन्र्तगत भाषाविद अमृत योञ्जनले ‘तामाङ रंगमंचको अवस्था’ विषयक कार्यपत्र समेत प्रस्तुत गरिने बताइएको छ । त्यस्तै दुईवटा लोकनाटक माथि भने रोशन फ्युबाले परिचयात्मक पेपर प्रिजेन्टेशन गर्नेछन् ।

महोत्सवमा तामाङ मौलिक परिकार र पुस्तक प्रदर्शनी समेत गरिने सेलो फाउण्डेसन अध्यक्ष जगत तामाङले जानकारी दिए ।

साभर- तेमाल अनलाईन






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution