डा. देवकोटाको अवस्था स्थिर,आज बिहान दूध र जुस पिए

काठमाडौं – प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था स्थिर बनेको छ ।
हिजो साँझ अस्थिर बनेको देवकोटाको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पताल प्रसाशनले जानकारी दिएको छ ।
देवकोटाको स्वास्थ्य अवस्थाबारे अफवाह फैलिएपछि परिवारले चिन्ता व्यक्त गरेको छ ।
अस्पताल प्रशासन र डा. देवकोटाको परिवारले एक विज्ञप्ति जारी गर्दै अस्पतालबाट जारी गरिने आधिकारीक जानकारी बाहेक अन्य सूचनालाई विश्वास नगर्न सबैमा आग्रह गरिएको छ ।
‘प्रोफेसर डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थितीको बारेमा गम्भीर चासो व्यक्त गर्दै विभिन्न क्षेत्रबाट भइरहेको चासो र उहाँको स्वास्थ्यलाभको कामना गर्दै मान्यजन इष्टमित्र तथा शुभ चिन्तकहरु प्रति हार्दिक आभार प्रकट गर्दछौं ।’ विज्ञप्तिमा लेखिएको छ, ‘उहाँको स्वास्थ्य स्थिति गम्भीर र सघन उपचार चलिरहेको हुँदा विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषित खबरहरु सत्य नरहेको व्यहोर अनुरोध गर्दछु ।’
यसैबीच देवकोटालाई आज बिहान अस्पताल परिसरमा ल्याइएको थियो । देवकोटाले दूध र जुस पिएका छन् । देवकोटाको पित्तथैलीको क्यान्सर सम्बन्धी उपचार भइरहेको छ ।