साढे ३३ किलो सुनका लगानीकर्ता एमके अग्रवालको घरमा छापा

काठमाडौं । गृह मन्त्रालयले बनाएको विशेष छानबिन टोलीले साढे ३३ किलो सुनका मुख्य लगानीकर्ता भनिएका एमके अग्रवालको काठमाडौंस्थित घरमा छापा हानेको छ । समिति स्रोतका अनुसार उनको घरमा छापा मारेर केही कागजात बरामद गरिएको छ । माघको ९ गते अवैध रुपमा ल्याइएको साढे ३३ किलो सुनका मुख्य लगानीकर्ता भन्दै अग्रवाललाई समितिले खोजबिन जारी राखेको छ ।
अग्रवाल भारतमा लुकेर बसेको आशंका गरिएको भए पनि उनी पत्ता भने लागेको छैन । यसअघि पक्राउ परेको सबैजसाले उक्त सुनमा अग्रवालले लगानी गरेको बयान दिएका थिए