इजरायलमा कार्यरत गीतकार कादम्बरी दाना श्रेष्ठको गीतिसंग्रह ‘कादम्बरी कुञ्ज’ सार्वजनिक(भिडियो )
तेलअविव – इजरायलमा कार्यरत समाजसेवी तथा गितकार कादम्बरी दाना श्रेष्ठको एकल शव्द रचना,शंकर थापा ‘स्माइल’को संगीत र उदयराज पौडेलको एकल संगीत संयोजनमा तयार भएको गीतिसंग्रह ‘कादम्बरी कुञ्ज’ सार्वजनिक गरिएको छ ।
डीएस म्यूजिकका प्रबन्ध निर्देशक डीपी खनालको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ गीतकार डा.रामविक्रम सिजापतिको प्रमुख आतिथ्य , वरिष्ठ संगीतकार दीपक जंगम, राजु सिंह, नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, एनआरएन अमेरिकाका अध्यक्ष राजा घले लगायतको उपस्थितिमा गीतकार श्रेष्ठको ‘कादम्बरी कुञ्ज’ सार्वजनिक गरिएको हो ।
गीतिसंग्रह सार्वजनिक कार्यक्रममा गीतकार कादम्बरी दाना श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् ।
एल्बम निर्माणको क्रममा आफूले गरेका दुःखसुखको अनुभवहरुलाई संगीतकार शंकर थापा ‘स्माइल’ले कार्यक्रममा सुनाएका थिए । कार्यक्रममा एल्बम विमोचनको साथमा तीन वटा भिडियो समेत सार्वजनिक गरिएको थियो । जसमा लैजाउन मलाई, आमा र शुभकामना गीतको म्यूजिक भिडियो रहेका छन् ।
समारोहमा गीतकार कादम्बरीले एकीकृत नेत्रहीन संघलाई रु २१ हजार सहयोग स्वरुप प्रदान पनि गरेकी थिईन । एल्बमत्रि मिलन अमात्य, सागर आले, सन्ध्या जोशी, आयुस केसी, सरिता शाही र शंकर थापा स्माईलको स्वर रहेको यो एल्बममा ६ वटा गीत समावेस छ ।
गीतकार कादम्बरी दाना श्रेष्ठ एनआरएन इजरायलका कोषध्यक्ष समेत हुन् |