आज शुक्रबार : नेपाली चलचित्र राज्जरानी युट्युबमा सार्वजनिक (भिडियो)

बाल बिवाह एवम दाइजो बिरुद्ध देशव्यापी जागरण अभियानमा निर्माण भएको नेपालि चलचित्र राज्जा रानी आज युट्युबमा सार्वजनिक भएको छ |चलचित्रमा नायक नाजिर हुसेन र नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको छ |
ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको फिल्ममा लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापाको समेत अभिनय छ । चलचित्र ‘राज्जारानी’मा क्षेत्रीय भाषाको प्रयोग समेत गरिएको छ |