हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

यस कारण: प्रदेश ३ को नाम ‘नेवा:ताम्सालीङ’ उपयुक्त

जो-जोलपा ! फ्याफुल्ला । सन्दर्भ ३ नम्बर प्रदेसको नामाकरण “नेवा: ताम्सालीङ प्रदेश”

के, नेपालमा संघीय गणतन्त्र स्थापना र सामन्तवादी वंशाणुगत राजतन्त्र अन्तसँगै अब २५५ वर्ष लामो एकात्मक खसजाति, खसभाषा, खसहिन्दू धर्मका सिद्धान्तमा आधारित गोर्खाली-उपनिवेसवादको पनि अन्त भएको हो ?


के, विश्‍वमा उपनिवेसवादले स्थापना गरेको एकात्मक राज्य व्यवस्थाको प्रणालीहरू, संस्कारहरू, परम्परा र परिपाटीहरू र सामन्तवादी चिन्तनहरूको अन्त भएकै हो त ?

नेपालमा गोर्खाली उपनिवेसवाद र भारत, अफ्रिका लगायत विश्‍वभर अंग्रेज, अंग्रेजी र बाईबलका मिसनरी लोकतन्त्रले के साँचिकै कसका पहिचानलाई स्थापित र कस्का पहिचानलाई विस्थापित गरे अनि कुन कुन भुरे टाकुरे, राजा, रजौटा राज्यहरूको साँचिक्कै स्वपहिचान र सम्मान समानतामा आधारित एकिकरण गरेर कुन राष्ट्र स्थापित गरे र क-कसले गौरव गर्छन र सराप्छन् ?

भारतमा हिन्दुस्थानका कयौ, राज्यहरूलाई बेलायति उपनिवेस “इष्ट ईन्डिया कम्पनीले एकिकरण गरेका थिए ? आज भारतीयहरू त्यही अंग्रेज अंग्रेजी बेलायती उपनिवेसी शासनकाललाई असली भारतीयलाई गुलामी बनाएको, असली भारतीय भाषा संस्कृति माथि पश्‍चिमा संस्कृतिको अतिक्रमणको प्रभावशाली वर्षा वर्षाएको भनि कलो ईतिहासको रूपमा बेलायती उपनिवेसकालका वारेमा आफ्ना बालबालिकाहरूलाई पढाउँछन् सिकाउँछन् । तर दु:खको कुरो नेपालमा भने तत्कालिन समकालिन विश्‍वराजनितिक परिवेसकै नक्कल गरेर शुरू भएको गोर्खाली उपनिवेसलाई गौरव र गर्वका साथ एकिकरणका नायक भनेर तिनै सामन्त एकामत्क एकल-खस जातिय, खासभाषिक, खस-हिन्दू वर्णाश्रम व्यवस्थामा आधारित अन्यभाषा, जाति, धर्म, संस्कृतिको जरै उखेलेर हुकुमी शासन चलाउनेलाई राष्ट्र नायकको पगरी गुथाउँदै यहाँका १२५ भन्दा बढि जातिय, भाषिक, सांस्कृतिक विविधयुक्त हजारौं वर्षदेखिको धरोहरलाई विलिन पार्ने, समाप्ती पार्ने खस अधिनायकवादी गोरखाली उपनिवेसवादले गुलाम बानाएको बनाई राख्‍नुले कसरी संघीय गणतन्त्रको अनुभूति हामी आदिवासी/भुमुपुत्र/मुलवासीहरूले गर्ने ? दसवर्ष लामो शसस्त्र विद्रोह जनताको जनयुद्धको जगमा संघिय गणतन्त्र र नेपालको संघिय संविधानमा जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक रूपमा विविधतायुक्त रहेको यथार्थताको पहिचान स्विकार भयो संविधानमा लेखियो पनि । तर कार्यन्वय गर्दा अझै कर्मचारी तन्त्र, निजामति, सेना, पुलिस, स्वायत्त संस्थानहरू, कम्पनीहरू, विश्‍वविद्यालयहरू आदिमा खुल्ला प्रतिस्प्रधाका नाममा परिक्षा कसको र कुन भाषामा लिने गरिन्छ? परिक्षाका मापदण्ड कसका लागि र कसले बनाएका हुन्छन्, कसलाई भित्राउन कसरी परिक्षा लिईन्छ स्पष्ट छ । त्यहाँ खसभाषामा खासराज्यले बनाएको खस अधिनायकवादी २५५ वर्ष लामो गोर्खाली उपनिवेसले स्थापना गरेको संयन्त्रबाट हुन्छ । अनि कसरी त्यो आदिवासी, जनजाति, मुलवासी, मधेसीहरूले राज्य संयन्त्रमा प्रवेस पाओस र ? अनि मधेस आन्दोलन, अनि नेकपा विप्लबहरू कसरी राष्ट्रिय मुलधारमा आउन्, आउलान् र ?
आज लिम्बुवान र खम्बुवानको ऐतिहासिक किरात काल देखिका बुहजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतालाई एउटै फोल्डरमा दोब्र्याउने, कोच्ने प्रयास, अनि गुरूङ जाति(राष्ट्र॒)को पहिचानको स्थानमा उहि गोर्खाली उपनिवेस र तानाशाही एकतन्त्री राजतन्त्रले लादेको पुरानै गण्डकी प्रदेश ? खै मगरात र तमु कैंई का घाटु र सोरठीका असली स्वरहरू? तमु भूमिपुत्र/आदिवासी/मुलवासीको तमु ह्युल खै? तमु ह्युल मछ्या मोर्चा अब फेरी जगाउने बेला भएको हो त ? कुरो गम्भिर छ।

३ नम्बर प्रदेस जहाँ उपत्यकाको प्राचिन ताम्सालीङका अवस्थामा खोप्रीङ, याम्बु, हेराङ आजको नेवार प्रदेसमा/नेपाल मण्डलमा/नेवा:दे(राष्ट्र)को भाषामा यँ, यल र खोप नेवार बहुल क्षेत्रको पहिचानका रूपमा रहेको छ । यी तिन जिल्ला वाहेक याम्बुगाल वरिपरिका सवै १० जिल्ला जहाँ बहुलसंख्यामा तामाङ जाति(राष्ट्र)को तामाङभाषामा ‘ताम्सालीङ’ पहिचान रहेको ताम्सालीङ प्रदेस छ । यहाँ पनि ३ प्रदेसमामा नेवारका नेपाल मण्डल र तामाङका ताम्सालीङलाई दुवैलाई एउटै फोल्डर भित्र दोब्र्याइएको छ, यो दुखत विषय संघिय संविधानले ३ नम्बर प्रदेस दिएको छ। ताकि पहिचान नामका चराहरूलाई पेष्टिसाइड नै नहालि ग्लोबल वार्मिङले मर्‍याहुन् भन्न पाउन्।

संघिय संविधानले नेवा र ताम्सालीङलाई जसरी एउटै फोल्डरमा दोब्र्याए त्यसरी नै त्यही वातावरण अनुरूप हामी मुलवासी/आदिवासी/जनजाति नेवार र तामाङहरूले “नेवा ताम्सालीङ” नामरूप यो ३ नम्बर प्रदेसलाई दिँदा जति वैज्ञानिक र समान न्याय प्रदान हुनैछ । यदि फेरि एकात्मक गोर्खाली उपनिवेसको निर्नतरता एउटा मात्र “ताम्सालीङ” भनियो अथवा नेवारहरूको मात्र “नेपाल मण्डल” भनेर नामाकरण गरियो भने दुर्भाग्यको साथै दुर्घटना हुनेछ । बजारमा सामन्तवादी शासनव्यवस्थाले चलाएको उखान “कुमाई को घुमाई, जैसीको जाल, नेवारको तुलो भोट्याको काल” यसैगरी बाउ दुष्ट हुन्दैनन अरे, नेवार ईष्ट पनि हुन्दैन” भन्ने उखानहरूको चरितार्थ हुने कार्य तामाङ या नेवार माननीय प्रदेस सभाका संसद तथा संघिय सभाका संसदहरूबाट नभएकै राम्रो र हाम्रो नयाँ नेपाल, संघिय गणतन्त्र नेपालले फड्को मार्ने दिशा प्राप्त हुनेछ ।

खुसिको कुरो, ३ नम्बर प्रेदेसका सार्वाधिक संख्यामा रेहका आदिवासी/मुलवासी/जनजाति तामाङ र नेवा समुदायले पहिले देखिनै माग गर्दै, उठाउँदै आएको विषय स्वायत्त प्रदेशहरू तामाङले ‘ताम्सालीङ’ र नेवारले नेपाल मण्डल हिजोका दुवै प्रदेशका नामहरू अव “नेवा र ताम्सालीङ” लाई दुवै जाति(राष्ट्रको) पहिचानसहितको नाम राख्‍ने सहमति सुस्वास्वगत गर्न योग्य छन् । भर्खरै सम्पन्न यो नेवा ताम्सालीङ राजनैतिक सम्मेलनले “नेवा ताम्सालीङ लाई दुवै आदिवासी/मुलवासी/जनजाति समुदायको पक्षमा स्वीकार भएको विषय हामी दुवै जाति(राष्ट्र)का सन्तुष्टिको स्वास फेर्ने कुरा मात्र हो। व्यवहार त हेर्नै बाँकी छ । विकास, सम्बृद्ध् को दिर्धकालिन बाटो तर्फ होकि: असन्तुष्टि, विद्रोह, कलह, निषेधात्मक राजनिती यो पनि हेर्न बाँकी नै छ ।
तामाङहरू यो क्षेत्रको भुगोलसँग माटो सँग जन्मदेखि जोडिएर आएको विषय हो ‘ताम्सालीङ’, तापनि हरेक विषयसँग सन्निकट नेवार समुदाय सँग तामाङहरूले सहर्ष “नेवा ताम्सालीङ” लाई स्वीकारेको छ ।

हुन त तामाङहरू नेवार समुदाय भन्दा जनसंख्या र भाषिक बाहुल्यताको आधारमा हेर्ने हो भने यो प्रदेशको १० जिल्लाहरूमा तामाङबहुल्यता रहेको छ । आज तामाङहरूले ताम्सालीङ मात्र भनि रहेको छैन । काठमाण्डौ उपत्यकाका तिन जिल्लामा मात्र बाहुल्यता रहेका नेवार साथिहरूको अनुरोधलाई निस्वार्थ सहर्ष सहमतिमा “नेवा ताम्सालीङ” दुवैको मागहरू सम्बोधन हुनेछ भनेर स्वीकारिएको छ।
नेवा र ताम्सालीङ आफ्नै भाषाका शब्दहरू पनि हुन्। नेपाल र मण्डल कता-कता मातृभाषा नेवा र तामाङको भाषामा नव शब्दहरू हुन्। प्राचिनताकै कुरा गर्ने हो भने बाह्र मगरात, बाह्र गोर्स्याङ (काठमाण्डौ पश्‍चिम), बाह्र तेमाल काठमाण्डौ पूर्व, बाह्र लाच्याङ काठमाण्डौ उत्तरका प्राचिन संघात्मक बाह्र-तामाङका गणराज्यहरू हुन्(हर्नुहोस् तामाङवंशावलीहरू), यसरी नै काठमाण्डौ उपत्यकामा झिन्हिम्ह नेवा:थकुजुजु (बाह्र नेवार)(हेर्नुहोस: काठमाण्डौ सहरका सांस्कृतिक अध्ययन), पूर्वमा दश खम्बुवान, दश लिम्बुवान र सौराठ या थारूकल्याणकारीसभा थारूहरूको संघिय संरचना हुन्, सुदुर पश्चिममा बाह्र ठकुराई दार्चुला (हेर्नुहोस: साझा प्रकाशन द्वारा प्रकाशित ‘गोरखा वंशावली) बाह्र-खस गणात्मक प्राचिन संघिय राज्यहरू हुन् ।

तत्कालिन समयमा विश्‍वमा चलेको समकालिन औपनिवेशिककालका बेलायती, फ्रेन्च, स्पेनी, जर्मनी, पोर्तुगिच आदि झै हिमवत खण्डको यो भूगोलमा रहेको बहुराष्ट्रिय(जातीय), बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विविधता रहेको हिमवत खण्डको बाह्र साना-संघात्मक शासनव्यवस्थाको चातुर्य कुटिल र कपटपूर्ण ढंगबाट गोर्खाली उपनिवेसवादले उपनिवेस जमाएका हुन् । यदि साँचिक्कै कपट कुटिल नभएको भए याबेङखोलामा बालुवामा हतियार लुकाउने, ईन्द्रजात्रको मौका छोप्‍ने, पचुवारघाट तेमालवेसीमा फेरी बाह्र तेमालीलाई वालुवामा हतियार लुकाएर राख्‍ने गोर्खालीले कसरी मनजितेर एकात्मक एकताको एजेण्डा अघिसारेका थिएन जसलाई आज कथित एकिकरण जो पृथ्वीनारायणले गरेर भनेर घोकाउने गरिएको छ। यदि साँच्चै नै एकिकरण चाहेको भए किन २५५ वर्ष देखि आजसम्म खस-अंकारवादी एकजाति, एक भाषा, एक धर्मको केन्द्रिकृत खस-हिन्दू धर्मको मनुस्मृतिवाद वर्णाश्रम धर्म व्यवस्थामा आधारित उपनिवेसी शासनसत्ताको अवशेष अझै संघिय गणतन्त्रमा समेत रहि रहेकै देखि रहेको छ, अवसरका रूपमा संघिय संविधानको कार्यान्वयनका क्रममा विस्तारो समाधान गर्दै, सच्याउने अवसरको अवस्था पनि विद्यामान रहेको हामी माझ। सल्टाउने की भत्काउँने हो त्यो अवसर पनि छ आज ईतिहास कोर्ने ।

नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को नेतृत्वमा दुइ तिहाई बहुमत रहेको यो जनमत प्राप्‍त संघीय संविधान प्रदत्त सरकार र सांसदज्यूहरूले संघीय संविधानमा थोरै भएपनि कोरिएको जनताको भावना र मर्म विपरित फेरी उही पुरानै एकात्मक, एकलजातीय भाषा, धर्म, संस्कृतिको त्यो दबदबाको अवशेषलाई बचाएर राखि रह्यो र यो एकात्मक र सामन्तवादी संरचनालाई नभत्काई उहि पुरानै संस्कृतका भाषाकानामरूप, संस्कार र परिपाटिमा रम्ने, दम्भ, पाखुरीबल, झुण्डहरूको स्वतन्त्र मण्डल र मण्डलेहरूलाई भिडाउनु खोजिए, देखिए, संघिय गणतन्त्र नेपालमा अझै गोर्खाली केन्द्रिकृत एकात्मक जातीय औपनिवेशिक दवदबाको अवशेषको पिरलो हो भन्दा अत्युकत्ति नहोला । गोर्खाली एकात्मक शासक र शासनका घाउ, पिरलो, घाँडोहरू यत्र-तत्र सर्वत्र, बेग्रल्ति झुण्डिएका त्यो बेदनाहरू आदिवासी/जनजाति/मुलवासीका नजरहरूमा मात्र होइन गणतन्त्रवादीहरूको दृष्टिमा पुगेकाछन् कालो चस्माले गर्दा नजर कता फर्केका र फर्काईएका छन् । अर्गानिक देश-वासीहरूले थाहा पाउन्या छन्। गोर्खाली उपनेवेसी १०४ वर्षिय, २००७-२०४६ सालबाटै, २०४७-२०५१ सालैबाट २०६३साल पनि आयाका हुन् चेतनाभया ।

त्यसैले नेवार र तामाङ दुवै राष्ट्र(जाति)का सहमतिका आधारमा दोब्र्यिएर रहेको पहिचानका फोल्डर ३ नम्बर प्रदेश, बहुल आदिवासी/मुलवासी/जनजातिको साझामत र विचारनाम “नेवा:-ताम्सालीङ” भनेर ३ नम्बर प्रदेशको स्थायीनामको पक्षमा, यहि नाम राख्‍न मैत्री-अभियानमा संलग्‍न भएर मिलेर गर्न सके, अबको बाटो, विकास निर्माणमा आदिवासी-वातावरण-मैत्री ज्ञान र पहिचान सहित सहभागि हुन उत्प्रेरित हुनेछ । गोर्खाली उपनिवेसका झै गुलाम बनाउने एकल खसजातीय, भाषिय, सांस्कृतिक एकात्मवादी, स्वार्थी चिन्तन, धोकाधारीका छल-कपट, झेलि खेल, द्वन्द औ संघर्ष र आन्दोलनहरूमा रूपान्तरित, परिवर्तित चिन्तनमा नेवा: न ताम्सालीङ फस्न र फसाउन नपरून, झुट अजम्मरीको कथा नलेखियोस् । कोहि नित्य छैन, सबै-नै अनित्य, त्यो हो, विज्ञानवाद । थुजेछे । सुभाय् ।

-नेपाल युल्साला ताम्सालीङ ग्याल्सा थेत्मा/थेमे, जो-जोल्पा/फ्याफुल्ला






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution