हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

फेसबुकमा चरित्रहत्या गरेको भन्दै सांसद नवीना लामाद्वारा प्रहरीमा उजुरी

काठमाडौं– पेट्रालियम पदार्थको मूल्य बृद्धिको विषयलाई लिएर फेसबुक लगायत सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या भएको भन्दै सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले प्रहरीमा उजुरी गरेकी छिन्। नक्कली फेसबुक आइडी बनाएर जभाभावी लेखी त्यसको ‘स्क्रिनसट’ बनाएर आफ्नो बेइज्जत गरिएको उनको भनाई छ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धिमा केही नबोलेको भन्दै उनीमाथि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। केहीले नक्कली फेसबुक आइडी बनाएर जभाभावी च्याट गरेर त्यसको फोटो राखी प्रचार गरीरहेको लामाको भनाई छ। त्यसविरुद्ध साइबर क्राइम मुद्दामा आफुले छानबिनका लागि प्रहरीलाई आग्रह गरेको उनले बताइन्।

पेट्रोलियम पदार्थको मूल्य बृद्धिका लागि आपूर्ती मन्त्री मात्रिकाप्रसाद यादबलाई ज्ञापनपत्र समेत बुझाइसकिएको उनको भनाई छ। तर, राजनीतिक प्रतिशोधका आधारमा केही व्यक्तिहरुले आफ्नो चरित्रहत्याको प्रयास गरेको लामा बताएकी छिन् |

सो विषयमा उनले फेसबुकमा लेखेकी छिन्–

प्रिय साथीहरू, पेट्रोलियम पदार्थको मूल्य बृद्विको बिषयमा लेखिएको स्टाटसलाई आधार बनाइ केही ब्यक्तिले मेरो चरित्रहत्या गर्ने उदेश्यले मैले नलेखेको कुरा मेरो नक्कली आइडी बनाई स्क्रिनसट गरी राखेको हो भन्ने जानकारी गराउन चाहन्छु। मैले आजसम्म सामाजिक सञ्जालको सदुपयोगमा जहिले पनि सावधानी अपनाउँदै आएको छु। मबाट त्यस्ता प्रकारका शब्दको किमार्थ प्रयोग हुँदैन। यस्ता गतिबिधिमा संलग्न जो कोही उपर पनि कानुनी कारबाहीमा जानेछु र अपराधीलाई कानुनको कठघरामा उभ्याउने छु। नेपाल लाइभबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution