मकवानपुर च्याउँच्याउँमा चट्याङ लागेर तामाङ परिवारको २ जना मृत्यु ,२ जना घाइते
जेठ २३ , हेटौंडाः पूर्वी मकवानपुरको बकैया गाउँपालिका–९ मा गएराति परेको चट्याङका कारण एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ। बकैया गाउँपालिका–९ च्याउँच्याउँमा चट्याङले ५५ वर्षकी छलीमाया थिङ र १५ महिनाको देव थिङको मृत्यु भएको हो।मृतक थालि माया मोक्तान सहकारीमा पचास हजार ऋण तिरेर घर फर्किदै गर्दा उनी माथि चट्याङ लागेको थिए |
सोही गाउँमा चट्याङमा परी बिमला ब्लोन, निमेष ब्लोन, निश्मा ब्लोन र रञ्जु थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।