काभ्रेकासमाजसेवी उज्वल तामाङ द्वारा विद्यालयलाई २ रोपनी जग्गा हस्तान्तरण

काभ्रे जिल्ला सविक सर्स्युखर्क हाल तेमाल गाउँपालिका वडा न.१ स्थित जनचेतना माध्यमिक विद्यालयको लागि आवस्यक दुई रोपनी जग्गा समाजसेवी ज्ञानध्वज तामाङ (उज्वल)ले रु.६,१५,०००/ (अक्षरुपी छ लाख पन्ध्र हजार रुपैया) जग्गा खरिद गरि विद्यालयको भवन निर्माणको लागि सहयोग स्वरुप दान / हस्तान्तरण गरेका हुन्।
उनले आइतबार नै जिल्ला सदरमुकाम धुलिखेलमा आएर सो जग्गा विद्यालयको नाममा नामसारी समेत गराएका छन् । दान गरिएको जग्गामा विद्यालयले अभाव भएको केहि भवन बनाउने र विद्यार्थीहरूको लागी खेल्ने ठाउँ समेत हुने बताएका छन् ।
विद्यालयका प्र.अ. र वि.व्य.स. अध्यक्षले वहाँको यो कदमलाई विद्यालयले निकै साह्रानिय काम भएको बताएका छन् । विद्यालयमा अहिले विद्यार्थीको संख्या करिब चार सयको हाराहारीमा रहेको विद्यालयले जनाएको छ ।
उज्वल तामाङ हल ह्रेन्जेन दोर्जे कम्पनी प्रालि धापासी-९ काठमाडौंका अध्यक्ष, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको आजीवन सदस्य, राष्ट्रिय तामाङ एकता प्रतिष्ठानका अध्यक्ष, नगेस्वर विकास समाजका अध्यक्ष लगायत आधा दर्जन समाजिक सस्थाहरुमा आबद्ध रहनुभएको छ ।
साथै वहाँ सँग भएको छोटो कुराकानीमा हल सम्म ह्रेन्जेन दोर्जे कम्पनीले स्थानीय बासीलाई कतिको सहयोग पुगेको छ र कतिको सहयोग गर्नु भयो ?भन्ने प्रश्नमा ! ह्रेन्जेन दोर्जे कम्पनीले हाल सम्म २७ लाख बराबरको सहयोग गरेको छ । स्थानीय विकास संग सम्बन्धित यस प्रकारका समाजिक कार्यहरु सप्पन्न गरेको बताउनु भयो। सविक सर्स्युखर्क गाविस भुकम्प पीडितका लागि प्रती निसान रु.१,०००/का दरले छुट दिएको। हालसम्म ………गाडी …….. बराबर निशुल्क राहत सहयोग दिन सफल। बोहोरेदोभान पाँचखाल सडकमा ……..ट्रीपर ग्राबेल निशुल्क सहयोग उपलब्ध। बोहोरेदोभान आधाबाट सडक निशुल्क ग्राबेल …….ट्रीपर सहयोग।
बोहोरेदोभान ठुलोपर्सेल अन्तर्गत धारघारी देखि दावा पहरा (भिर) लगायत बोहोरेदोभान पुल सम्म तीन दिन ब्रेकर सहित एक्स्याभेर द्वारा स्तरवृद्धि प्रयास। खानी दोभान देखि घडेरिखोला भञ्ज्याङ सम्म ठाँउ ठाँउमा निशुल्क ग्राबेल बिछ्याउन सफल पुर्वक सम्पन्न। सिमखोला सिकर कटेरि लामागाउ भैसे कोटतिमाल ग्रामीण सडक अन्तर्गत कल्लेरिपाखा महादेव घुम्ती र खत्तिर डाडाको जोखिमपुर्ण उकालो र घुम्ती लगभग २०घन्टाको निरन्तर ब्रेकर सहितको स्क्याभेटर प्रयोगले जोखिममुक्त बनाउन सफल। तेमाल गाउँपालिका अन्तर्गत वडा न…..पञ्चकन्या मावि ठुलोपर्सेल लाई पञ्चकन्या माविको व्यवस्थापन अध्यक्ष तथा तेमाल गाउँपालिका प्रमुख श्री सलाम सिं तामाङको लेखित अनुरोधमा पाँच ट्रीपर सहयोग स्वरुप निशुल्क गराएको बताउनु भयो।