कतारमा वरिष्ठ तम्वा दावा वाङगेल तामाङका साथ दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८ हुँदै

नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनमा “तामाङ जातिको परिवर्तन,शैक्षिक तथा आर्थिक सुढृढिकरण” भन्ने मुल नाराका साथ शैक्षिक विकास कोषको सहयोगार्थ यहि आउँदो बक्र ईदको दोस्रो दिन “दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८” बृहत् साँस्कृतिक कार्यक्रम २३ अगस्त २०१८ बिहिवारको दिन दोहाको गल्फ प्याराडाइज होटल जैद्ध बृज नजिक रहेको हलमा गर्ने भएको छ |
नेपालवाट बरिष्ठ तम्बा तथा तम्बा संघ नेपालका अध्यक्ष दावा वाङगेल मोक्तान तामाङ, चर्चित सेलो गायिका शशिकला मोक्तान तामाङ र म्हेन्दोमाया गायक किर्ति तामाङको साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ |
नेपाल प्रवासी तामाङ समाज कतारको सह-कोषाध्यक्ष गौतम तामाङको संयोजकत्वमा मुल आयोजक समितिको गठन गरिएको छ। उक्त कार्यक्रममा सम्पूर्ण दोहाबासी दाजुभाइ तथा दिदी बहिनीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ |