उपेन्द्रलाई सरकारमा ल्याउनु निकै रणनीतिक कदम – प्रचण्ड

काठमाडौं– नेकपाका अध्यक्ष प्रचण्डले उपेन्द्र यादवलाई सरकारमा ल्याउनु निकै रणनीतिक कदम भएको संकेत गरेका छन् ।प्रचण्डले २ नम्बर प्रदेशबाट केन्द्र सरकारलाई अस्थिर बनाउने चलखेल भएको दावी गर्दै यसलाई रोक्न उपेन्द्रलाई सरकारमा ल्याइएको बताएका छन् ।
प्रचण्डले अव दुई नम्बर प्रदेशमा नयाँ समीकरण बन्न सक्ने पनि संकेत गरेका छन् । दुई नम्बर प्रदेशलाई बाँकी प्रदेशहरुको स्थितिभन्दा अलग गराउने र त्यहाँ चलखेल गरेर सरकारलाई अस्थीर बनाउने कसैले सपना देखेको थियो । त्यसको निम्ति कसरत भएको पनि हामीले देखेका थियौं । अब चाहिँ त्यसको ढोका बन्द भयो ।’ प्रचण्डले सोमबार बिहान पोखरामा पत्रकार भेटघाटमा भने ।
उनले केन्द्र सरकारकै प्रभावमा प्रदेश दुईमा सरकार बन्ने बाटो खुलेको बताए ।