हुकिङ गरेर विद्युत चोर्दा–चोर्दै वडाअध्यक्ष पक्राउ
याम्बु । बर्दियाको मधुवनी नगरपालिका–२ का वडा अध्यक्ष पहाडी थारु विद्युत चोरी गर्दागर्दै पक्राउ परेका छन् ।आइतबार राती १० बजेतिर हुकिङ गरेर विद्युत चोरी गरिरहेको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीले थारुलाई नियन्त्रणमा लिएका थिए ।
गुलरियाको सानोश्री एरियामा विद्युत चोरीरहेको अवस्थामा पक्राउ परेका वडा अध्यक्ष थारुले ‘ईज्जत जोगाइदिनु’ भन्दै अनुनय गरेका थिए |
२१ जेठ २०७५