अमरिकामा नेपालीले खोलेको ‘सगुन’ले तान्यो विश्वको ध्यान, शेयर खुल्ला

काठमाडौं । नेपालीले अमेरिकामा स्थापना गरेको सगुन डटकमले आफ्नो प्रयोगकर्ताहरु बढाउँदै लगेपछि विश्वको ध्यान तानिएको छ । सगुनको युजर २३ लाख नाघेको छ । सगुनको प्रगतिलाई नजिकबाट नियालिरहेका अमेरिकाका लागि नेपाल राजदूत अर्जुन कार्की पनि यसको बृद्धिदरलाई देखेर उत्साहित छन् । नेपालको प्रबर्धनको जिम्मेवारीसमेत निर्वाह गरिरहेका कार्की नेपालीले डेभलप गरेको इकमर्स साइट सगुनप्रति निकै आशावादी देखिएका छन् ।
सगुन नेपाल, भारतलगायत दक्षिण एशिया क्षेत्रमा आर्थिक स्थायित्व स्थापनाको जग हुनसक्ने राजदूत कार्कीको भनाइ छ । हामीले संसारका डिडिंग कम्पनीहरुमा आइटी कम्पनीहरुलाई देखिरहेका छौं, उनले भने, ती सबै स्टार्ट अप कम्पनीका रुपमा सुरुआत भएका थिए । तिनीहरुले अहिले विश्वको अर्थतन्त्रलाई डोर्याइरहेका छन् ।
सगुनसँग दक्षिण एशिया क्षेत्रमा उदाहरण प्रस्तुत गर्न सक्ने अबसर रहेको राजदूत कार्कीको भनाइ छ । यस्ता कम्पनीलाई विश्वभर छरिएर रहेका नेपालीहरुले साथ दिनु पर्ने उनको धारणा छ ।
सगुन सन् २०१४ मा अमेरिकामा स्थापना भएको सोसियल इकमर्स प्लेटफर्म हो । यसको अहिलेको भ्यालुएसन ९ करोड ५० लाख डलर (करिव ९ अर्ब ५० करोड रुपैयाँ) पुगेको छ । सगुनले विश्व बजारमा मिनी आइपिओ जारी गरिरहेको छ । जुनको दोस्रो साता यसको सेयर निस्कासन बन्द हुने छ । त्यसपछि सगुनको नयाँ भ्यालुएसन गरिने छ ।
प्रयोगकर्ता र लगानीकर्ता बढ्नुका साथै एन्ड्रोइड प्लेटफर्ममा एपसमेत सार्बजनिक भइसकेकाले सगुनको भ्यालुएसन निकै बृद्धि हुने निश्चित छ । यति कम मूल्यमा उदाउँदो आइटी स्टार्ट अप कम्पनीमा लगानी गर्ने अबसर कमै आउने विज्ञहरु बताउँछन् ।
नेपाल, भारतलगायत दक्षिण एशिया इन्टरनेट, इकमर्ससँग द्रुत गतिमा जोडिँदै गएका छन् । राजदूत कार्की भन्छन्, इकर्ममा चुनौतिहरु छन् । त्यस्तो चुनौति लिने उद्यमीमात्रै विजयी हुनसक्छन् ।
सगुनले मिनी आइपिओ जारी गर्न अमेरिकाको सेक्युरिटी एन्ड एक्स्चेन्ज कमिसनबाट अनुमति पाएको थियो । सगुनमा भविष्य देखेर लिडिंग मिडिया ग्रुप हिन्दूस्तान टाइम्सले ५० लाख डलर (करिव ५५ करोड रुपैयाँ) लगानी गरेपछि भारतलगायत विश्वका लगानीकर्ताहरुको ध्यान यसले तानेको छ ।
कम्तिमा अमेरिका १ हजार डलरको शेयर किन्नु पर्ने छ | नेपालबाट भने शेयर खरिद गर्न पाउने छैन |श्रोत रातो पाटी |
लगानी गर्न इच्छुक भएमा यहाँ क्लिक गर्नुहोला
अमेरिकाका लागि नेपाल राजदूत अर्जुन कार्कीको अन्तर्वार्ता