मलेसियामा २५६२ औ बुद्ध जयन्ती सागादावा Vesak Day तथा शान्ति पदयात्राका साथ मनाईयो

नेपाल आदिबासी जनजाती महासंघ मलेसिया र शेर्पा किदुग मलेसियाको आयोजनामा २९ तारीख मंगलवार एरिना स्टार होटलमा बौद्ध धर्म प्रबचन पुजा पाठ तथा प्रसाद ग्रहणका साथ २५६२ औ बुद्ध जयन्ती सागादावा Vesak Day सम्पन्न भएको छ |
बौद्ध धर्म गुरु आचार्य कर्म रेन्जी शेर्पाको मुखार बिन्दुबाट बौद्ध धर्म प्रबचन तथा पुजा पाठ कार्यक्रमको समापन सङ्गै आदिबासी जनजातीको महासंघ मलेसियाको महासचिवलाई यही जुन २ तारीख जन्मभुमी नेपाल फर्किने भएको हुदा सम्मान तथा बिधाई गरेको थियो |
बिधाई कार्यक्रम पछि मलेसिया स्थित बौद्ध धर्मलम्बिहरुको मुख्य सस्था त्रिरत्न बौद्ध बिहार ब्रेकफिल्ड्को मुल अायोजनामा २५६२ अौ बुद्द जयन्तीको पहिलो दिनको मे २९ तारिख शान्ति पदयात्रा गरेको थियो । विभिन्न देशका झण्डा र बुद्धको झन्डा सजावट युक्त लोरिहरुको सङ्गै मलेसिया लगायत विभिन्न देशको बौद्ध धर्मवलम्बिहरुको बाख्लो उपस्थिति रहेको थियो |
शान्तिपुर्ण पदयात्रामा जोहोर मलक्का पेनाङ इपु केलाङ निलाई सुबाङजया क्वोलालम्पुर लगायत विभिन्न ठाउँबाट विभिन्न सङ्घ सँस्थाका प्रतिनिधिहरु व्यापारी तथा अन्य बैदेसिक रोजगारमा अाएका नेपाली दाजुभाई दिदीबहिनिहरुको व्यापक रूपमा सहभागिता रहेको थियो ।
त्रिरत्न बौद्ध बिहार ब्रिकफिल्डबाट शुरु भएको शान्ति पदयात्रा कोताराया , बुकिटपिन्ताङ बरजया पुडुराया हुँदै पुन त्रिरत्न बौद्ध बिहार ब्रेकफिल्टमा अाई सम्पन्न भएको थियो ।
सडकको दुवै तर्फ भक्तालुहरु अमरजल ग्रहण गरेका थिए भने कतिपय दयालु मनका धनीहरुले चिसो पेय पदार्थ पानी प्रदान गरेका थिए ।
नेपाल अादिवासि जनजाति महासङ्घ मलेसियाको अायोजना तथा नेपाली दुतावासको विशेष सहयोगमा लोरि सहित राजदुतावासका सम्पुर्ण कर्मचारीहरु र NRN मलेसियाका पुर्ब अध्यक्ष सङ्खर बहादुर पौडेल लगायत अन्य सदस्यहरुले पनि सहभागिता जनाएको थियो भने लोरिको लागि लामा गुरुहरु दुई जान तामाङ बौद्ध महासंघ मलेसिया र शेर्पा किदुग मलेसियाले उपलब्ध गराएको थियो |
लामा गुरुहरुमा तामाङ बौद्ध महासंघ मलेसियाबाट अध्यक्ष साङ्गे दोर्जे तामाङ र शेर्पा किदुगबाट आचार्य कर्म रेन्जी शेर्पा रहेका थिए
पहिले बर्ष झै यो बर्षमा देशको झण्डा र मुल अायोजकको ब्यानर भन्दा अरु कुनै ब्यानर झण्डा तुल देख्न पाएन भने अा अाफ्नो सँस्थागत लोगो भएको टि सर्ट चाहिँ प्रसस्त रूपमा देखिन पाईन्थ्यो ।
२५६२ औ बुद्ध जयन्ती Wesak Day ” सघ दावा ” शान्ति पुर्ण पदयात्रा कार्यक्रम सफल गर्नको लागि बिशेष सहयोगिको रुपमा नेपाल राजदुतावास रहेको छ भने विभिन्न नेपाली संघ सस्था लगायत मलेशियाको नेपाली ब्यापारीहरुले सहयोग गरेको थियो |
२९ तारीख मङलवार बाट सुरु भएको शान्ति पद यात्रा 31 may मा बेलुका ५:३० बजे सेलाका साउथ देशा पेटालिङ हुने
तामाङ बौद्ध महासंघ मलेसियाका महासचिव सोनामनोर्बु बोम्जन तामाङले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |