हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

क्रेडिट कार्डको प्रयोगकर्ता हुनुहुन्छ ? केहि महत्वपुर्ण टिप्सहरु

आजको जमाना कार्डमा नियन्त्रित छ । नगद बोकेर हिँड्ने स्वभावमा कमी आएको छ । मानिस खल्तीमा पैसा बोकेर सामान किन्न भन्दा कार्ड स्वाप गरी सामान किन्नमा सहज (सुरक्षित) महसुस गर्दछ ।

क्रेडिट कार्ड बैङ्कले उपलब्ध गराउने प्लास्टिक पेमेन्ट कार्ड हो, जसबाट खातावालाले आफ्नो खातामा रकम उपलब्ध नभएको अवस्थामा पनि ऋणका रूपमा रकम निकाल्ने वा रकम भुक्तानी गर्न सक्छ । क्रेडिट कार्डबाट प्रयोगकर्ताले भविष्यमा रकम भुक्तानी गर्ने शर्तमा ऋणको रूपमा रकम उपभोग गर्न सक्दछ भने बैङ्कले तोकेको समयभित्रमा प्रयोगकर्ताले उक्त रकमलाई भुक्तानी गर्नु पर्नेहुन्छ । त्यसैले पनि यसलाई ‘अहिले खर्च गर, पछि तिर्दै गर’ भन्ने चलन छ । क्रेडिक कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म सीमाभित्रको रकम निब्र्याजी प्रयोग गर्न पाउँछन् । तर त्यो अवधिभित्र चुक्ता गरेन भने ‘लेट फी’ र सामान्यभन्दा बढी दरको ब्याज तिर्नुपर्ने हुन्छ । क्रेडिट कार्डबाट एटीएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ तर यसका लागि केही शुल्क भने काटिन्छ ।

सन् १९६६ मा बार्कलेकार्डको नाममा ब्रिटेनमा पहिलो पटक क्रेडिट कार्ड सञ्चालनमा आएको थियो भने नेपालमा तत्कालीन नेपाल अरब बैङ्क अर्थात् हालको नविल बैङ्कले २०५० सालमा पहिलो पटक क्रेडिट कार्ड प्रयोगमा ल्याएको थियो ।

यदि तपाईं क्रेडिट कार्डको प्रयोग गर्नु हुन्छ भने पक्कै पनि चाहिनेभन्दा बढी खर्च भइरहेको होला । यदी यस्तो भएको छ भने तपाईंले आफ्नो बानीमा सुधार ल्याउन जरुरी छ । क्रेडिट कार्डको प्रयोग गर्दा केही बानीको सुधार वा विकास गर्नु तपाईंको लागि फाइदाजनक हुनसक्छ । हुन त क्रेडिट कार्डले हामीलाई आर्थिक मद्दत पनि गरिरहेको हुन्छ । तर यसको प्रयोगमा सावधानी अपनाइएन भने तपाईंको आर्थिक भार बढ्न जान्छ । तपाईं आर्थिक भारमा पर्न चाहनुहुन्न भने क्रेडिट कार्डसँग सम्बन्धित यी बानीको विकास गर्न सक्नु हनेछ ।

क्रेडिट कार्डको सन्तुलित प्रयोग गर्ने बानी बसाल्नुस् :

यदि तपाईंसँग क्रेडिट कार्ड छ भने कार्डको सही प्रयोगको कोसिस पक्कै पनि गर्नुहोस् । हरेक किसिमको खर्चमा तपाईं क्रेडिट कार्डको प्रयोग गर्नबाट बच्नुस् । हरेक खर्चमा क्रेडिट कार्डको प्रयोगले तपाईंको खर्च बजेटभन्दा बाहिर लैजान पनि सक्छ । यसले आर्थिक भार बढाउँदै लैजाने गर्छ । क्रेडिट लिमिटभन्दा धेरै खर्च गर्दा तपाईंको क्रेडिट स्कोर पनि घट्दै जान्छ । सकेसम्म आफ्नो क्रेडिट कार्डको लिमिटको २० देखि ३० प्रतिशतभन्दा बढी खर्च नगर्नु राम्रो हुनेछ । अब तपाईंले यो पनि निश्चित गर्नुस् कि तपाईंको क्रेडिट कार्डको भुक्तानी समयमै गर्नुस् । यसो नगरेको अवस्थामा यसको सबै रकम अर्को स्टेटमेन्टमा जोडिन जान्छ । जुुन अघिल्लो महिनाका लागि भारी हुनेछ ।

एटीएमबाट नगद झिक्ने बानीलाई सुधार गर्नुस्ः

क्रेडिट कार्डले एटीएमबाट नगद झिक्ने सुविधा पनि दिन्छ तर तपाईं यो सुविधाको प्रयोग गर्नबाट जोगिनुस् । किनकि सबैखाले क्रेडिट कार्ड ट्रान्जेक्सनका लागि व्याजमुक्त अवधि पनि तोकिएको हुन्छ तर जुनसुकै समयमा निकाल्दा तुरुन्तै बैङ्कले ब्याज लागाइदिन्छ । यो सुविधाको प्रयोग मात्र आपतकालीन अवस्थामा गर्न सकिन्छ । यदि एटीएम ट्रान्जेक्सन भएको खण्डमा जति सक्दो छिटो भुक्तानी गर्नुभयो भने तपाईं बढी व्याजबाट बच्नुहुनेछ ।

पुरै बिलको भुक्तानी गर्ने बानी बसाल्नुस्ः

क्रेडिक कार्डमार्फत तपाईंले ४५ दिनसम्म सीमाभित्रको रकम निब्र्याजी प्रयोग गर्न पाउनुुहुन्छ । तर त्यो अवधिभित्र चुक्ता गर्न नसकेमा ‘लेट फी’ र सामान्यभन्दा बढी दरको ब्याज तिर्नुपर्ने हुन्छ । यसैले पनि समयमै रकम भुक्तान गर्ने बानी बसाल्नुस् । नगद भुक्तानी झन्झटिलो भएमा ई–बैङ्किङमार्फत भुक्तानी गर्न सकिन्छ ।

ढिलो रकम भुक्तानीबाट बच्नुस्ः

क्रेडिट कार्डको लेट पेमेन्ट तपाईंका लागि भारी हुन सक्छ । पहिलो त तपाईंको क्रेडिट स्कोर प्रभावित हुन्छ, अर्को हरेक पटक ढिलो रकम भुक्तानीले लेट फी पनि तिर्नुपर्ने हुन्छ । यदि तपाईंसँग कार्ड रिपेमेन्टका लागि पूरै रकम छैन भने मिनिमम ड्यु अमाउन्टको भुक्तानी गर्नुस्, यसले लेट पेमेन्ट पेनाल्टीबाट बँच्न सकिन्छ ।

नियमित रूपमा पिन बदल्ने गर्नुस्ः

क्रेडिट कार्ड सुरक्षाबारे सचेत रहनुस् । क्रेडिट कार्डको गलत प्रयोगको खतरा देखिन्छ किन कि सपिङ गर्दा कतिपय ठाउँमा पिन नम्बरको प्रयोग हुँदैन भने भएका ठाउँमा पनि अर्कोले पिन नम्बर चोर्ने सम्भावना बढी हुन्छ । सामान किन्दा कार्ड स्वाप गर्दै हुनुहुन्छ भने स्वप गर्ने व्यक्तिको व्यवहारलाई ख्याल गर्ने गर्नुस् किन कि उसले तपाईंको कार्डको जानकारी चोर्न पनि सक्छ । त्यसैले पनि समय समयमा कार्डको पिन नम्बर परिवर्तन गर्ने गर्नुस् । पेमेन्टका लागि भरपर्दो वेबसाइटको प्रयोग गर्नुुस् । अनि यो पनि याद गर्नुस् कि आफ्नो कार्ड कसैलाई पनि सजिलै नदिनुस् ताकि तपाईंको कार्डको गलत प्रयोग पनि हुन सक्छ, यसबाट जोगिनुस् ।

अन्तर्राष्ट्रिय ट्रान्जेक्सनको ख्याल गर्नुस्ः

यदि तपाईं अन्तर्राष्ट्रिय गन्तव्यहरूमा प्रायः काम वा छुट्टीमा जानुहुन्छ भने क्रेडिट कार्डको प्रयोग कसरी गर्नेबारे जानकारी राख्नुस् तर तपाईंको यात्राको समयमा पर्याप्त नगद वा ट्राभल कार्डको प्रयोग गर्नुहुन्छ भने अन्य शुल्कबाट बच्न पनि सकिन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution