हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

आफैंलाई गोली हान्न लगाउने धर्मगुरु श्रीनिवास आचार्य जेल चलान

विराटनगर– धर्मगुरु श्रीनिवास आचार्य जेल चलान भएका छन् | हातहतियार तथा खरखजना मुद्दामा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएका हुन्।

हिन्दु राष्ट्रको आन्दोलन चर्काउन उनले आफैंमाथि गोली हान्न लगाएका थिए। गोली हान्ने माधव चौधरीलाई पक्राउ गरेपछि सो रहस्य खुलेको हो। चौधरी र आचार्यका सहयोगी लक्ष्मीराज अधिकारीले पनि जेल चलानको आदेश भएको मोरङका एसपी मनोज केसीले बताए।

श्रीनिवासमाथि गत चैत २५ गते विराटनगरको जतुवामा गोली प्रहार भएको थियो। बिहान शौचालय जाने क्रममा योजना अनुसार नै गोली प्रहार भएको थियो। गोली हान्ने चौधरी लगत्तै फरार भएका थिए। धर्मगुरुका शिष्य लक्ष्मीराज अधिकारीले अरुलाई खबर गरी अस्पताल पुर्‍याएका थिए।

हिन्दु धर्म कमजोर अवस्थामा रहेको भन्दै यसलाई बलियो बनाउन श्रीनिवास एउटा ‘हंगामा’ गर्न चाहन्थे। त्यही योजना अन्तर्गत उनले आफैंमाथि गोली हान्न लगाउने योजना अधिकारीलाई सुनाएका थिए। अधिकारीले गोली हान्न चौधरीलाई खोजेका थिए।

’हिन्दु धर्मका गुरुमाथि गोली हाने’ भनेर आन्दोलन गर्ने र त्यसकै आडमा देशभर हिन्दु धर्मको पक्षमा आन्दोलन गरी हिन्दु राष्ट्रका लागि माहोल बनाउने उनको योजना थियो। तर, उनको योजना मात्र असफल भएन, आफैं जेल चलान हुनुपर्‍यो।नेपाललाइभ बाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution