हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

ट्राफिक र यातायात कर्मचारीको सक्कली लाइसेन्सको अवैध बिक्री गरेर ४ दिनको ‘कमाइ’ ८ करोड

बस, ट्रक र लहरीको सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना ट्रायल बेचबिखन गर्ने यातायात व्यवस्था कार्यालय बागमतीका इन्जिनियर श्याम केसी फरार भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय ट्राफिक प्रहरी महाशाखाका सई श्रीराम केसीलाई पक्राउ गरेर अनुसन्धान थालेपछि इन्जिनियर केसी फरार भएका हुन्। आयोगले केसी भागेर भारत पुगेको निष्कर्षसहित उनलाई पक्राउ गर्न प्रक्रिया अघि बढाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभाग र यातायात कार्यालय बागमतीका अधिकारीको मिलेमतोमा प्रतिव्यक्ति २ लाख रुपैयाँसम्म लिएर ट्रायल परीक्षामा अनुपस्थितलाई सवारी चालक अनुमतिपत्र वितरण गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेको हो।

आयोगको अनुसन्धानले लाइसेन्सको अवैध व्यापार मासिक कारोबार करोडौंमा हुने गरेको देखिएको छ। ट्राफिक महाशाखाका सई श्रीराम तिवारीसहित महाशाखाकै ट्राफिक जवान गणेश खड्का यसअघि नै पक्राउ परिसकेका छन्। तिवारीसहित यातायात कार्यालय बागमतीका खरिदार कमल स्याङ्तान र कार्यालय सहयोगीद्वय हरिबहादुर थापा र मिनबहादुर तामाङलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

यातायात व्यवस्था विभागले २०७५ बैशाख ३, १०, ११ र १९ गते चार दिनको नमुना परीक्षण गर्दा विचौलिया, ट्राफिक र यातायात कर्मचारीको यो समूहले ट्रायल परीक्षामा उपस्थित नभएका करिब ४ सय जनालाई सवारीचालक अनुमति पत्र दिएको खुलेको थियो। नमुना दिनको मात्र हिसाब गर्ने हाे भने प्रतिलाइसेन्स २ लाख रुपैयाँका दरले ४ सय जनाबाट ८ करोड रुपैयाँ असुलेको देखिन्छ।

‘पछिल्लो एक वर्षभन्दा बढी समयदेखि ट्रायल परीक्षामा सहभागी नभएकाहरुलाई रेर्कडमा राख्दै एफ र जी वर्गको लाईसेन्स वितरण भइरहेको छ, विस्तृत अनुसन्धान हुँदैछ,’ आयोगका एक सहसचिवले भने। उनका अनुसार दलालमार्फत यातायात र महाशाखाका अधिकारीसम्म मासिक मोटो रकम पुग्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

‘हिरासतमा रहेकाहरुले इन्जिनियर श्याम केसी र केही बिचौलियाको नाम लिएका छन्, यससँगै कार्यालय, यातायात विभाग र महाशाखाका अधिकारी समेत अनुसन्धानमा तानिने छन्,’ ती सहसचिवले भने।

आयोगबाट खटिएका अनुसन्धान अधिकारीले गत जेठ ४ मा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट विभागको अनुमतिपत्र परीक्षामा प्रतिनिधित्व गर्ने नायब निरीक्षक (सई) श्रीराम तिवारीलाई नियन्त्रणमा लिएपछि यातायात व्यवस्था कार्यालय एकान्तकुना र ट्राफिक महाशाखाको मिलमतोमा पछिल्लो एक वर्षभन्दा बढी समयदेखि भै रहेको ‘सक्कली लाईसेन्सको धन्दा’ सार्वजनिक भएको हो।नेपालखबर बाट

१६ जेठ २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution